राति घरबाट निस्किएका दुई दिदीबहिनी दैलेखको जंगलमा मृ’त फेला

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १० १५:२८ बजे

काठमाडौं । दैलेखमा नाताले दिदीबहिनी पर्ने दुई बालिका जंगलमा मृत अवस्थामा फेला परेका छन् । १३ र १४ वर्षका ती बालिकाहरूको शव सोमबार बिहान घरनजिकैको जंगलमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुवै बालिका गएराति एउटै घरमा सँगै सुतेका थिए । राति घरबाट निस्किएका उनीहरू बिहान घरभन्दा केही पर जंगलमा मृत अवस्थामा फेला परेका थिए ।

घटनाको कारण अझै खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायलले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । 

२०८३ कात्तिक १० १५:२८ बजे

प्रतिक्रिया