बङ्गालखाडीको चक्रवात प्रभावले दशगते नेपालमा वर्षाको सम्भावना

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १० १३:२६ बजे

जलवायु तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायका अनुसार वङगालको खाडीमा रहेको चक्रवातको प्रभाव त्यस क्षेत्रमा रहेका अन्य साना वर्षा प्रणालीसँग मिसिँदै नेपालतर्फ अघि बढ्ने देखिएको छ ।

बुधवार रातिदेखि नेपालमा प्रणालीको प्रभाव शुरू भई सामान्यदेखि मध्यम वर्षा हुनेछ । बिहीवारदेखि देशैभर वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । बिहीवार दिउँसोदेखि शुक्रवार रातिसम्म विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र पूर्वी लुम्बिनी प्रदेशमा विशेष सतर्कता अपनाउनुपर्नेछ । यी क्षेत्रका केही ठाउँमा मुसलधारे वर्षा र हिमाली क्षेत्रमा अत्यधिक हिमपात हुन सक्नेछ । शनिवारदेखि यस प्रणालीको असर क्रमिक रूपमा कमजोर हुँदै जानेछ ।

मौसम तथा कृषि विज्ञहरूले सम्भावित क्षतिबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गरेका छन् । पाकेको धानबाली भोलि मङ्गलवार बेलुकासम्म थन्काइसक्न र बुधवारदेखि शनिवारसम्म धान नकाट्न कृषकहरूलाई सुझाव दिइएको छ ।बुधवारदेखि शनिवारसम्म हिमाली क्षेत्रको पदयात्रामा नजान र बिहीवारदेखि शनिवारसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न तथा गर्नैपरे उच्च सावधानी अपनाउन मौसमविद्हरूको आग्रह छ


२०८३ कात्तिक १० १३:२६ बजे

प्रतिक्रिया