काठमाडौं । नेपालले ओमानलाई ११३ रनले पराजित गरेको छ । ओमानको अल अमेरात स्टेडियममा मङ्गलवार सम्पन्न खेलमा नेपालले ओमानलाई ११३ रनले पराजित गरेको हो ।
आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको यस खेलमा नेपालले दिएको २६४ रनको लक्ष्य पछाएको ओमानले४० ओभरमा अल आउट हुँदै केवल १५० रन मात्र बनाएको थियो ।
ओमानको ब्याटिङ लाइन ध्वस्त पार्न नेपाली बलर नन्दन यादव र सन्दीप लामिछानेले ३/३ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले २ तथा करण केसी र ललित राजबंशीले एक एक विकेट लिएका थिए । त्यस्तै ओमानका लागि कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियो ।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए भने अर्जुन कुमाल र करण केसीले ४०/४० रन बनाएका थिए । त्यस्तै बशीर अहमद र इशान पाण्डेले ३७/३७ तथा दिपेन्द्र सिंह ऐरीले २२ रन बनाएका थिए । त्यस्तै ओमानका बलर साह फैजल, शकील अहमद र करण सोनावालेले २/२ तथा हसनैन शाहले एक विकेट लिएका थिए ।
यो जित पछि नेपालको ३४ खेलमा २८ अङ्क भएको छ र लिग-२ को अङ्क तालिकामा छैटौँ स्थानमा छ । अब नेपालले अर्को खेल अक्टोबर १७ मा क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग खेल्ने तालिका छन् ।
प्रतिक्रिया