कर्मचारीमा अध्यादेश आतंक यथावत १० हजारलाई अवकाश नयाँ १० हजारको भर्ती

bimbonline बिम्ब अनलाइन
२०८३ असोज १९ १५:१८ बजे

काठमाण्डौ।   सरकारले संसदमा दर्ता भैसकेको निजामती सेवा विधेयक फिर्ता लिई अध्यादेश ल्याउन लागेको भन्दै कर्मचारीहरू आन्दोलित भएका छन् । 

आज दिउँसो ३ बजे बस्ने क्याबिनेट बैठकले अध्यादेश सिफारिस गर्ने सम्भावनाको संकेत पाएपछि सिंहदरबारभित्रै असन्तुष्टि चर्किएको र केही उच्चपदस्थ कर्मचारीहरू कार्यालय छोडेर बाहिरिएको बुझिएको छ । 

सरकारले संसद्को अधिवेशन अन्त्य गरेकै दिन संघीय निजामती सेवा विधयेक सदनमा प्रस्तुत गरेको थियो । विधेयकमा कर्मचारीको अवकाशसम्बन्धी विद्यमान व्यवस्था संशोधन गर्दै उमेर हद घटाएर ५५ वर्ष कायम गर्ने प्रस्ताव गरिएको छ । यसो हुँदा उमेर हद वा ३० वर्षे सेवा अवधि जुन पहिले पुग्छ, त्यसैका आधारमा कर्मचारीहरूलाई अवकाशमा पठाइने छ। 

तर, संसद अधिवेशन अन्त्य भैसकेको अवस्थामा कानुनत मन्त्रिपरिषदले विधेयक फिर्ता लिन मिल्दैन । तर, एकैचोटि १० हजार भन्दा ठुलो संख्यामा कर्मचारी घर पठाएर नयाँ भर्ति गर्ने तयारीमा रहेको सरकार अध्यादेशको तयारीमा रहेको चर्चा छ । आजैको क्याविनेट बैठकले विधेयक फिर्ता लिइ अध्यादेशसम्बन्धी निर्णय गर्ने सम्भावना रहेको स्रोत बताउँछ ।


२०८३ असोज १९ १५:१८ बजे

प्रतिक्रिया