भारत।आगामी तिजि कार्यक्रमको सन्दर्भ लाई हेर्दा धेरै थरिका नृत्य र गितहरु बजारमा आईसकेका छन। ती गितहरु लाई सरसर्ति हेर्ने र सुन्ने हो भने अनेक थरीका सब्द र भाषाहरु भेट्न सक्छौं। त्यहाँ कुनै राष्ट्र राष्ट्रियता र महिला मुक्ति आन्दोलन संग जोडिएको कुनै एक सब्द पनि भेट्न गार्हो हुन्छ ।आज बिगत र वर्तमान लाई नियालेर हेर्ने हो भने पनि जुन बेला जति दमन थियोे अहिले त्यो अवस्था छ भन्न अलि गार्हो हुन्छ त्यो बेला र यो बेला धेरै परिवर्तन भएको अवस्था छ तर पनि सामाजिक रुपमा बिगत भन्दा पनि फरक भेट्न र सुन्न सक्छौं यस्तो परिवेशमा हाम्रो नयाँ ढाचा के हुने प्रश्न यहाँ धेरै उठ्ने गरेका छन तरि उत्तर यहाँ केही पाउने अवस्था छैनन् ।
आज नारि मुक्ति आन्दोलनका कुरा गर्दै गर्दा यहाँ त्यो .... जस्तो होइन यो ... जस्तो श्रीमान आवश्यक भन्ने खालका गित नारीहरु बाट नै बजरमा आउनु कति सम्मको तर्क सँगत हो यहाँ सहजरूपमा बुझ्न गार्हो पर्दैन।
अब यस्तो परिस्थितिमा हामी महिलाहरुको नै मुख्य भुमिका हुनु नितान्त आवश्यकता रहन आउँछ कि हामीमा सहि किसिमको राजनीति चेतनाको अभाव या अपहेलना ? यस्ता किसिमका सब्दहरुले हामीलाई गिजाइ रहेको अवस्थामा हामी महिलाहरुको चेतनाको बिकाशका लागि गित संगित बाट भए पनि महिलाहरुको चेतनाको बिकाशमा उर्जा थप्ने किसिमको सांगीतिक यात्राको सन्देश प्रवाह गर्नु आजको आवश्यकता रहेको बुझ्न गार्हो छैनन् । त्यसकारण हामी आगामी तिजि गित गाउदा र रचना गर्दा महिला मुक्ति आन्दोलनमा साथ र उर्जा थप्ने खालका रचनात्मक गितहरुको सन्देश प्रवेश गराउनु नितान्त आजको आवश्यकता मानेर सहजिकरण गर्नु नै हाम्रो कर्तव्य हुनेछ। महिला मुक्ति आन्दोलनमा पनि केहि न केहि सहज हुनेछ र हुने खालका गितहरुले भरिएको भावना लाई यो जगतमा प्रस्तुति हुने हर तिजि गितका भाकाहरुले समाजमा हुने महिला हिंसाका बिरुद्ध घन्कने आवाज हुनुपर्छ जसले तिजि गितको सारले महिला मुक्ति आन्दोलन लाई सघाउ हुनेछ ।नत्र एक दिनको रमझम मात्र हुनेछ त्यसकारण हामी सजक महिला हरुको रचनाले गित मात्रै होइन बैचारिक चेतनाको बिकाश लाइ अगाडि बढाउने कार्यमा एक साथ हुने मौका पाउनेछ। ताल बन्दै जानेछ र अब यो अवस्थालाई कसरी सुधार गर्ने भन्ने धेरैको चासोको बिषय हुन जान्छ यो सबै पंक्ति रहेका महिलाहरुको एकता एकमनता र बैचारिक बिचारका आधारमा निर्धारण गर्नु पर्ने बिषय हुन जान्छ तर त्यहाँ पुग्दा आउँछ कुन पंक्तिले राष्ट्रिय हितका आधारमा महिला मुक्ति आन्दोलन लाई अगाडि बढाउने काम गरेको छ। यहाँ निर्भर कहाँबाट हुने जस्ता धेरै खुलदुलिहरु उत्पादन हुन्छन् तर निचोडमा आवश्यक सहि सिधाान्तको आवश्यकता हुन्छ यो कार्य पूरा गर्ने राष्ट्रिय स्वाधिनताका आधारमा बनेको राज्य सत्ताको आवश्यकताले नै नैतिक आधारमा केही प्राप्तिको ढोका खोलेको हुनेछ त्यसकारण महिला मुक्ति संग जोडिएका तिजि गित घन्काउने बारेमा समाजिक सद्भाव लाई आच आउने खालका गीति सैलिलाई सुधार गर्नु सबै सचेत नागरिकको आवश्यकता आजको आवश्यकता हुन जान्छ ।
त्यसकारण तिजि गित लाई सम्मानताका आधारमा समाजमा पस्कने कार्यमा सहभागी बनौं नकारात्मक कार्यमा समावेश तिजि गितहरुलाई समाजमा प्रवेश निषेध गरौं यहीँ नै नारि मुक्ति आन्दोलनको अधिकारको कडि बन्नेछ ।यहीँ तरिकाबाट महिला सहभागीताका कार्यक्रममा आफ्ना समाज रुपान्तरणका तिजि गितका भाका हरुको लयमा घन्कने गितहरुको तालिममा समाज परिवर्तनका सन्देशहरु प्रवाह गरौं यहीँ शुभकामना साथ आगामी तिजि कार्यक्रम हुने हरेक ठाउँका कार्यक्रम सफलता पुर्बक सफल हुने शुभकामना ।
प्रतिक्रिया