होलटाइमर राइफल
शहिदको नाममा पनि भेटिन
वेपत्ताको नाममा पनि भेटिन
धाइते र अपांगको नाममा पनि भेटिन
योग्य र अयोग्यको नाममा पनि भेटिन
माइनुटमा पनि भेटिन
शान्ति संझौताको कागजमा पनि भेटिन
क्यान्टोनमेन्टमा पनि देखिन
कमरेड होलटाइमर राइफल
तिमी कहाँ छौ ?
एकपटक भेट्ने मन छ
अझ एकपटक तिमीलाइ चुम्ने मन छ
तिमीसंगै थवाङ घुम्ने मन छ
तिमीले आर्ज्याको यो व्यवस्थाको वारेमा
कुरा गर्ने मन छ
मुख्यतः अर्को इतिहास लेख्न
तिमीसंग सल्लाह गर्न मन छ
ओ होलटाइमर राइफल
तिमी कहाँ छौ ?
प्रतिक्रिया