जाली तमसुकमा हस्ताक्षर

bimbonline एमवि भण्डारी
२०८३ मंसिर १२ १५:१४ बजे

लुटेरा शासनको छायामा देश रोइरहेको छ,
कठपुतलीको नाचमा भविष्य हराइरहेको छ।
जेब भर्नेहरूको हातमा सत्ताको चाबी छ,
जनताको पसिनामाथि व्यापार चलिरहेको छ।
स्थानीय अरोटे–भरोटे जाली तमसुक बोकेर,
झुटका दस्तावेजमा विश्वास पलाइरहेको छ।
आँखैअगाडि लुटिँदा पनि मौन छ समाज,
कस्तो अचम्म ? चेतनाको दियो निभिरहेको छ।
हिजोका अपराधी आज मुक्तिदाता बनेका छन्,
जनताको विवेक किन बन्धक बनिरहेको छ?
आश्वासनका पोका बोकी फेरि ढोकामा आउँछन्,
सोझा जनताको मतमाथि जाल बिछ्याइरहेका छन्।
कहिलेसम्म सहन्छौ जनता, कहिलेसम्म झुक्छौ ?
आफ्नै हातले आफ्नै भविष्य बेचिरहेको छ।
न त देश कसैको बिर्ता हो, न जनता दास हुन्,
चेतनाको क्रान्ति नहुँदा इतिहास दोहोरिरहेको छ

नेपालगञ्ज खजुरावाट

२०८३ मंसिर १२ १५:१४ बजे

प्रतिक्रिया