देखियो

bimbonline बिम्ब अनलाइन
२०८३ साउन १९ २०:३२ बजे
धनेश्वर पोखरेल

तिम्रो रुप पनि देखियो 

तिम्रो रङ्ग र ढङ्ग पनि देखियो 

तिम्रो  शक्ति सामर्थ्य पनि देखियो

तिम्रो बुद्दि क्षमता पनि  देखियो 

तिम्रो सान, सौगत र औकात पनि  देखियो 

तिम्रो  राष्ट्रबाद पनि  देखियो 

तिम्रो  जनताप्रतिको माया र ममता पनि  देखियो 

तिम्रो  साशन सत्ता पनि  देखियो 

तिम्रो  सस्तो लोकप्रियताको परिणाम पनि  देखियो

राजनीति , बिचार, सिद्धान्त बिनाको

तिम्रो अद्भुत कला क्षमताको हर्कत पनि  देखियो 

तिमी  मान या नमान

हत्केलामा सुर्ति मिचेर र्याप गाउँदै 

वाह वाहको ताली खाए जस्तो

हुदो रहेनछ सत्ता सञ्चालन

सुझ न बुझ

कसैको लहै- लहैंमा लागेर

आँखा  चिम्लिदै

सुकुम्बासीहरुको बस्तिमा डोजर चलाए जस्तो

हुँदो रहेनछ राज्य सञ्चालन ।

तिमी कालो चश्मा लगाएर

सँसदमा र्याप गाउ वा पप

तिमी आफ्नै गीतमा डिस्को नाँच वा हब

अब तिम्रो कला बिहीन प्रहसन

कस्ले हेर्छ र ?

केबल तिम्रा हनुमान बाहेक

यदि कोहि बाँकी रह्यो भने

सँसदीय आहालका काला भ्यागुता ।

देखियो 

तिम्रो साशन सत्ता  

कुन रिमोट कन्ट्रोलबाट चल्दैछ 

भोगियो

तिम्रो कार्य कुशलता

कुन नीति सिद्धान्त  र आदर्शबाट चल्दैछ ?

तिम्रो कुशलता

जार ,इदि अमिन र ट्रमको फासिबादमा देखियो 

अत्यन्त क्रुर

बिभत्स

अमानबिय

उद्दण्डता र

पासबिक चरित्रमा देखियो ।

सायद 

तिमी देखेको समृद्द नेपालको सपना

नाङ्गो फासिबादको पराकाष्टमा होला हैन ?

जहाँ 

न त देश रहनेछ

न त राष्ट्र,राष्ट्रियता र सार्बभौम सत्ता रहनेछ

न त तिमी रहनेछौ

न त हामी जनता रहनेछौ । 

तर यादगर

महासय 

तिम्रो  अस्वभाबिक हर्कतमा

फासिबादले

नाङ्गो सडकमा

ताण्डब नृत्य देखाउन थाल्यो भने

हज्जारौ रेक्टस्केलको भुकम्प आउनेछ यहाँ 

ज्वारभाटाहरु उर्लने छन्

आँधि हुरी र बेगवान तुफानले

तिम्रा सपनाहरु चकनाचुर पार्नेछन्

तिमी र तिम्रा मालिकका

आलिसान महल र दरबारहरु खरानी बन्नेछन्

त्यै खरानीको चिहान माथि 

नौलो सुन्दर सन्सारको सँरचना खडा हुने


२०८३ साउन १९ २०:३२ बजे

प्रतिक्रिया