मास्टर्नी’को गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ती

महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको छ, त्यसैले उक्त गीतलाई तुरुन्त बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न

bimbonline बिम्ब अनलाइन
२०८३ साउन १ १२:३५ बजे

नेपाल शिक्षक महासंघले चलचित्र ‘मास्टर्नी’को प्रमोशनल गीत ‘म्याथ सिक्ने भए’ तत्काल बन्द गर्न कलाकारको ध्यानाकर्षण गराएको छ । गीतमा प्रयोग गरिएका अमर्यादित शब्द र भाव संयोजनले महिला शिक्षकहरुको अपमान गरेको महासंघको निष्कर्ष छ । 

दुई दिनअघि दुर्गेश थापाको युटुब च्यालनबाट सार्वजनिक भएको उक्त गीत नहटाइएमा त्यसबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार चलचित्रको निर्माण टिम र कलाकार हुनुपर्ने पनि महासंघले अवगत गराएको छ । 

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको छ, त्यसैले उक्त गीतलाई तुरुन्त बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न हामी सम्बन्धित पक्षसँग आग्रह गर्दछौँ ।’

गीत सार्वजनिक भएसँगै सर्वत्र आलोचना भइरहेको देखिन्छ । खासगरी गीतमा प्रयोग गरिएको  ‘म्याथ सिक्ने भए, ट्युशन पढाइदिन्छु बेल्का घरमा आए’ भन्ने शब्द र प्रियंका कार्कीको प्रस्तुतीप्रति धेरैले विरोध गरिरहेका छन् । 


२०८३ साउन १ १२:३५ बजे

प्रतिक्रिया