आन्दोलन र विद्रोह गर्दा
आन्दोलन र विद्रोहलाई साथ ।
चुनाव हुँदा
जहिले पनि नयाँ गर्छु भन्नेलाई साथ
नेपाली जनताले आजसम्म गरेको यहि हो ।
र,
अहिले भैरहेको पनि यहि हो ।
ओली अहंकार, देउवा दम्भ
र प्रचन्ड पोजले
दुई दशकसम्म गरेको हर्कतको परिणाम हो यो ।
यो निर्वाचन पछि
जनतालाई जब तावाको माछा
भुङ्ग्रोमा परिएछ भन्ने थाहा हुन्छ ।
जनतालाई जब यस्ता चुनावको
जति चाङ लगाएपनि
समाज झन्झन् दयनीय बन्छ भन्ने थाहा हुन्छ ।
जनतालाई जब
समाज बदल्ने ठीक सुत्रको पत्तो हुन्छ ।
त्यस दिन
जनताले त्यहि बाटो रोज्लान ।
तर दिमागमा हिउँ राखेर
काँग्रेसभित्रका बँचेखुँचेका लोकतन्त्रवादीहरुले
काँग्रेस सिध्याउने
काँग्रेसीहरुको बारेमा समीक्षा गरुन् ।
दिमागमा आइस राखेर
एमाले र नेकपा भित्रका
बँचेखुँचेका कम्युनिस्ट र वामपन्थीहरुले
देशमा वामपन्थी र कम्युनिस्ट जनमत सिध्याउने
एमाले भित्रका एमाले
र
नेकपा भित्रका नेकपाहरुको बारेमा घोत्लिउन ।
प्रतिक्रान्तिको सुनामीको बिचमा
संसदवादको बाढीको बिचमा
बँचेखुचेर
ठिंग उभिन सकेका क्रान्तिकारीहरुले
आफूलाई आजको दुनिँयामैत्री बनाउन सोचुन ।
नेपाली समाज
हिजो
संसदवादको अँध्यारो सुरुङमा थियो
अब
अतिवादको ब्ल्याकहोलतिर जाँदैछ ।
संकट चुनौति लिएर आउँछ
संकट परीक्षा लिन आउँछ ।
प्रतिक्रिया