मैले विषयलाई सकभर सैद्धान्तिक आधारमा हेर्छु, व्यवहारिकतासँग जोडिओस भन्ने सोच्छु, एउटै वस्तुमा धेरै आयाम हुन्छन् भन्ने ठान्छु र आलोचनात्मक रुपमा र सम्भव भएसम्म सापेक्षिक रुपमा हेर्छु । म अन्तिम सत्यको मसिया होईन । मेरा लागि देउवा, केपि, प्रचण्ड, गगन, चाट्नु पर्ने र रवि, बालेन, थुक्नु पर्ने मान्छे होईनन् । यी सबै दलाल पुँजिवादका पटके खेताला हुन । नेपाल राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता, आत्मनिर्भरता र स्वाभिमानका विरुद्ध परिचालित बुख्याँचाहरु हुन । यिनका बिचमा रुप फरक छ तर सारमा रौँ बराबर पनि फरक छैन । यो गणतन्त्र प्रचण्डको जति हो, त्यति गिरिजाको पनि हो । यी दुईटाको जति हो, त्यति मेरो पनि हो ।
स्थानिय तहको चुनावलाई सम्झौँ । काङ्गेस गठबन्धन र सृजना, एमाले गठबन्धन र केशव स्थापितहरुका कुरा मसँग सुरक्षितै छन् । त्यो बेला एमालेले वालेनलाई पटक्कै पत्याएन । पुराना दल र गठबन्धन कसैले पत्याएनन् । तर, वालेनले काठमाडौको मेयर जिते । दिउसै, छ्याङ्ग उज्यालोमै जिते । खसोखास र सत्य कुरा यहि हो कि उनले मेयर जिते । सामान्य व्यक्तिको सन्दर्भमा नेपाल भन्ने देशको ईतिहासमा असाधारण किसिमले जिते । करिव ४४ र ४५ महिनाका दिनमा पनि रातमा पनि काठमाडौंको मेयर वालेन नै थिए । जब एमालेले यो सत्यलाई असत्य सावित गर्न हुने र नहुने। जति हर्कत गर्यो, त्यसको परिणाम अहिले एमाले आफैले भोग्दैछ । वालेन प्रतिको चरम असहिष्षुणाताको परिणाम एमाले आफैले भोग्दैछ । अब वालेन त्यो असहिष्षुणाता र प्रतिशोधको बम बनेर आएका छन् । यो अवस्थाका वालेनले धेरै किसिमका ईनपुट पनि पाएका छन् । वालेन झापामा हारे पनि यसले देशलाई थप द्वन्द्वमा लैजाने छ त्यो द्वन्द्व अहिलेसम्म कहिल्यै नभएको घनत्वका साथ हुनेछ ।
वालेन माथि आक्रमण गर्न अहिले सबै पुराना भनिने पार्टीले केही गित गाईरहेका छन् । सायद त्यो गित यो चुनावमा बिक्ला भन्ने उनिहरुलाई लाग्दछ । त्यो हो, वालेनले फुटपाथमा फलफुल तरकारि बेच्नेलाई लखेट्यो , बाटोभरि कपडा ओछ्याएर बेच्नेलाई लखेट्यो , कवाडि जम्मा गर्नेलाई लखेट्यो , नदि किनारका सुकुम्वासिलाई लखेट्यो । यस्तै होईन गित ? जसले यो गित गाएका छन् तिनलाई सोध्न चाहन्छुस वालेन त करिव ४ वर्ष अघि काठमाडौंको मेयर बने । उनी एउटा व्यक्ति मेयर बनेपनि त्यो पालिकाका अरु सयौँ सबै प्रतिनिधि र कर्मचारि त तिम्रै थिए नि ? कि होईन ? ती जनतालाई वर्षौ देखि त्यो हालत र ठाउँमा कसले पुर्याएको ? ३५ वर्षदेखि तिनको व्यवस्थापन किन नगरेको त ? बाह्रमासे सुकुम्वासि आयोग त तिम्रै थियो होईन ? जनतालाई फुटपाथे बनाउनु नै जनताको सेवा हो ? जनताको मुक्ति हो ? काठमाडौं ७५३ मध्ये एउटा पालिका हो । वालेन बाहेकका अरु ७५२ पालिकामा आजसम्म तिमिले के गरेका छौ ? देशका आम समस्या समाधान गर्ने देशको कार्यकारी र व्यवस्थापिकामा त बालेन थिएनन , यो सबै राजकिय स्रोत, साधन र शक्ति ओगटेर बसेर तिमिले के गरेउ ? म स्पष्ट छु, वालेनले धेरै राम्रो नगरे पनि तिमिहरुले जति नराम्रो चाहिँ गरेनन् । तिमिहरुले जस्तै पालिकाको कोष लुटेर खर्च नबढाउनुलाई मैले बेठिक ठान्दिन ।
म यो कुरामा स्पष्ट छु कि देश भयङ्कर गृह युद्धको संघार (ढोका) मा छ । अब यो गृह युद्धलाई ईन्द्रका बा चन्द्र आए पनि रोक्न सक्ने छैनन् । तीन त्रिलोक, चौध भुवनमा ईन्द्रका बाउ चन्द्र भन्दा पनि सामर्थ्यवान कोहि छ भने त्यो किसान वर्ग हो । अहिलेसम्म झोले संगठन बनाएर किसानको बिचमा ल्याउन सकेको विभाजनले तिमिलाई मुते न्यानो भएकै छ । अझै पनि किसान वर्गलाई सचेततापुर्वक संगठित हुन नदिन तिमिले सक्ने जति केही गर्न बाँकि राख्ने छैनौँ । किसान वर्गलाई कत्लेयाम गर्न तिम्रो मालिकले पनि हरतरहले तिमिलाई सहयोग गर्नेछ । तर, यति ख्याल राख्नु अहिलेसम्म तिम्रो प्राण धानिएको, तिम्रो लुटको साम्राज्य चलेको टिकेको पनि किसान वर्गको न्यून चेतना, वाध्यता र विवसताले हो । अब किसान वर्गले सचेत पहलकदमि लिनेछ । तिम्रो आदत त केही गरि बदलिने छैन, तर पनि कम विषालु बन र किसानको शरणमा पर ।
सवा दुई करोड किसान वर्गका जनसाधारण मध्ये वालिक भएका कतिले अहिलेसम्म जे जस्ता बुख्याँचालाई भोट हाल्नुभयो, अब त्यो गल्ति नदोहोर्याउनु होस । अपराधमा अपराधिमात्र दण्डित हुँदैन, अपराधको मतियार पनि सालाखाला अपराधि जस्तै हो, दण्डित बन्नैपर्छ । अहिलेको हातलमा देश र जनता पुग्न ती साँसद, मन्त्रि, प्रधानमन्त्री मात्र जिम्मेवार छैनन्, उनलाई पटक-पटक त्यो मौका दिने भोटे जनता पनि जिम्मेवार छन् । जवाफदेहि हुनुपर्ने बेलामा केपिले बोले जस्तै गरि मलाई त थाहा छैन कसले ७६ जनालाई मार्यो भनेर सुख पाईने छैन । कसैले गाईको मासु खान मन हुनेले खान पाउनु पर्छ भन्दा फण्डा गर्ने तर मान्छे मार्दा हाईसञ्चो मान्ने तथाकथित धर्मवादी बनेर पनि पार पाईन्न नै होला । सुरक्षा, प्रशासन र न्यायालयको विषय छुट्टै छ, आज भोटसँग सम्बन्धित कुरा मात्र गरेको ।
संसद र सरकार भन्ने बनाउन भोट हाल्नु पर्दैन । २०६३ सालमा टीका लगाएर पनि संसद बनेको थियो । भोटै नहालि खिलराजको सरकार पनि बनेको थियो । र, अहिले पनि कसैले भोट नहालेको सुशिला कार्कीको सरकार चलिनै रहेको छ । त्यसैले दुष्टहरुलाई भोट हालेर स्वर्ग पुग्ने दुस्वप्न नदेख्नु होस । तपाईको भोटले जिउदै नर्क पुर्याउने सम्भावनाबाट बच्नु होस । भोटै हालेर तपाईको पक्षमा काम हुने भए २०६४ को संविधानसभा किन बेकम्मा बन्थ्यो ? २ र २ पटक केपिले कसरी संसद विघटन गर्थे ? कसैले भोटै नहालेकि सुशिलाले तपाईं करोड मान्छेले भोट हालेर बनाएको संसद कसरी विघटन गरिदिन सक्थिन ? यसबाट स्पष्ट छ कि देशलाई ध्वस्त पार्न बाहेक तपाईको भोटले कुनै गतिलो परिणाम ल्याएको छैन । ल्याएकै छैन ।
अब देश किसान वर्गको वर्गिय युद्धले मात्र बचाउन सक्छ, टिकाउन सक्छ र माथि उठाउन सक्छ । यो नै सबैभन्दा सहि, कमि हानिकारक र स्वाभिमानि बाटो हो । यहि नै सार्वभौमिकता र आत्मनिर्भरताको बाटो हो । सोझो मति र सफा मन बनाएर सोच्नुहुन्छ भनेस किसान क्रान्ति, किसान वर्गिय सत्ता, किसान संसद र किसान सरकार। अबको सबैभन्दा सापेक्षिक सत्य र सहि विकल्प हो । किसान वर्गिय सत्ताले अन्य वर्गको पनि यथोचित समानुपातिक सहभागिता सुनिश्चित गर्नेछ । धन्यवाद
प्रतिक्रिया