काठमाडौं । टिकटकर रमा बस्नेत पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीको टोलीले बस्नेतलाई पक्राउ गरेको हो । उनले टिकटकमार्फत प्रतिष्ठित व्यक्ति तथा संस्था लक्षित तथ्यहिन विषयहरु प्रस्तुत गरेको पाइएको साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए ।
उनको घर भने खोटाङको हलेसीतुवाचुङ नगरपालिका–६ रहेको प्रहरीले बताएको छ । भक्तपुरबाट आइतबार पक्राउ परेकी उनलाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर साइबर अपराध कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ । उनी टिकटकमा सक्रिय रहेको प्रहरीले बताएको छ । उनका तीन\चार वटा आईडी रहेको एक अनुसन्धान अधिकृतले बताए ।
प्रतिक्रिया