बाहुली गाउँ उत्तरमा पर्छ दक्षिण देपालगाउँ
बिचमा तिला विशाल ज्यूलो शुन्दर त्यो ठाउँ ।
चिमारा देवी शिरमा बस्छिन् गुठीचौर त्यही ठाउँ
तिलाको पानी मार्सि धान् फल्ने स्याउ फल्ने यही ठाउँ ।
पूर्वमा कुम्डी त्यहीँ ती फोई त्यहीँ पर गर्ज्याङ्कोट्
पश्चिममा दान् साउँ, तलिचौर् पर घरैती बारेकोट् ।
नजिकै थामी गाउँ छ त्यहाँ नजिकै धवलपुर्
आज् भोलि स्याउ फुलेर ढक्मक् लाग्दछ स्वर्गपुर् ।
बिहान साँझ जुट्दछन् युवा ढुस्का त्यो ठाउँमा
जुटेर गफ गर्ने त्यो ठाउँ आउँदछ आँखामा ।
बाहुली गाउँमा थिएनन् धारा नाउलो एक थियो
तिन् बजे राती पुग्दथे महिला पानीको समस्या थ्यो ।
आजभोली त्यहाँ धाराछन् गाउँमा बिजुली झलमल
गाउँ बिच बाट मोटर कुद्छन् यो ठाउँ अनमोल ।
समस्या छैन स्कुल जान यो ठाउँका बच्चालाई
घरैति स्कुल् सत्यबादी माबि सजिलै पढ्नलाई ।
स्वास्थ्यचौकी , पालिका नजिक् आउजाउ सजिलो
न्यौपाने बस्ति बाहुली गाउँ लाग्दछ रमाइलो ।
थामी गाउँ यहीँ अधिकारी क्षेत्री धवलपुर न्यौपाने
अरु छन् सार्की पाण्डे र जैशी गाउँघर चम्काउने ।
छिमेकी गाउँ देपालगाउँ महत् खत्रीले शोभित
भण्डारी कुम्डी धिताल फोइ मिलेर एकत्रित ।
यिँ गाउँ सँगै मिलेर बस्ने धिँताका न्यौपाने
चौरबिँगारे यहीँ सुम्पुवाडा यहीँ कोही छैनन् कम भने ।
धेरैछन् मानिस् गर्ज्याङ्कोट् गाउँमा नेताको अखडा
यी सबै गाउँ मिलेर बसुन् नपरुन् लफडा ।
नरेन्द्र देवकोटा (प्रशान्त) चन्दननाथ-१ तलिचौर जुम्ला
हाल- खलंगा प्यूठान ।
प्रतिक्रिया