काठमाडौं। काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडीहरु आज पनि पुनः बिच बाटोमै रोकिएका छन्। बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बिच बाटोमै रोेकेका हुन् ।
हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेका थिए। नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि सोहि घोषणालाई समर्थन गर्दै आज फोहोर बोकेका गाडी रोकेका हुन् ।
आइतबार पनि फोहोर बोकका गाडीहरु रोकिएका थिए। दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरु बञ्चरेडाँडा पुग्ने बताएपनि आइतबार ९० वटा फोहोरका गाडीहरु मात्र बञ्चरेडाँडा पुगेका थिए।
प्रतिक्रिया