कविता - मर्यादाक्रम

bimbonline नरेन्द्र देवकोटा
२०७९ चैत्र १५ ०८:५७ बजे

काठमाण्डौ।

आजभोलि राष्ट्रिय मर्यादाक्रम

बिवादमा चुलिदै गएको छ

संविधानको धारा २८४ ले 

प्रधान न्यायाधीशलाई

प्रधानमन्त्रीको पछि र

सभामुख र राष्ट्रियसभाका 

अध्यक्ष भन्दा माथि 

स्पष्ट सँग राखेकै छ

मैले नबुझेको होकि?

किन चुलिदै गएको छ

प्रधान न्यायाधीशले 

पाएको राष्ट्रिय मर्यादाक्रम ?


राष्ट्रियसभामा केही दिन अघि

पेश भैरहेको बिधेयकलाई हेर्दा

मेरो अल्पज्ञान पनि हुनसक्छ

तल पार्ने गरि प्रस्ताव गरिएबाट

हाम्रो लोकतान्त्रिक ब्यवस्थामा 

हा्म्रो कानूनी प्रणाली अनि

मान्यता र संविधानको ब्यवस्थामा 

कतै दरार आउन सक्छ

भैरहेको शान्त वातावरण

कहिँकतै खलबलिन सक्छ ।


यसैले कायम रहेको मर्यादाक्रम

जहाँ जे छ त्यहि ठिक्क नै छ

मर्यादाक्रममा बिवाद 

नगरे बेश हुन्थ्यो कि ?

बरु आम जनताहरुलाई 

बढि भन्दा बढि खुसि पार्ने काम गरौँ 

आमजनताको स्तर उठ्ने र

कसरी हुन्छ न्याय पर्ने काम गरौँ ।


राज्यका महत्त्वपूर्ण ब्यक्तित्व 

कर्मचारीतन्त्रका बिशिस्ट अधिकारी

गैरसरकारी ब्यक्तित्व यी सबैले

काँधमा काँध मिलाउनु छ

मनमा मन मिलाउनु छ

अनि हातमा हात मिलाउनु छ

किनकी देश र जनताको मुहार फेर्नुछ

देशलाई संबृद्वि र शान्तितर्फ लैजानुछ ।






२०७९ चैत्र १५ ०८:५७ बजे

प्रतिक्रिया