मार्क्सवादी सिद्धान्त सम्बन्धि संक्षिप्त नोट-
समाजमा मुलतः दुइ विपरित स्वार्थ बाेकेका वर्गहरु विद्यमान हुन्छन् । उनीहरु बीच शत्रुतापूर्ण अन्तरविरोध हुने गर्दछ । यसमा एउटा वर्ग शासक र अर्को वर्ग शासित अनि एउटा वर्ग शोषक र अर्को वर्ग शोषित हुने गर्दछ
पृष्ठभुमि :
यही वस्तुगत धरातलमा विभिन्न सामाजिक
विचार पद्धतिहरुबारे बहसहरु आरम्भ भए । सामन्तवाद र पुँजीवाद भन्दा अझ उन्नत वा
प्रगतिशील समाज व्यवस्थाको सन्दर्भमा विभिन्न राजनीतिक चिन्तकहरुले आ-आफ्नो मत पेश
गरे । त्यतिखेर फ्रान्सको पेरिसमा काल्पनिक समाजवादी, अराजकतावादी, क्रिश्चीयन
समाजवादी, कवि र दार्शनिकहरु च्याउ उम्रीए जस्तै भएका थिए । तात्कालिन यी सबै
विचार पद्धतिहरु पुँजीवादी शोषण र उत्पीडन विरुद्ध परिलक्षित नै थिए । ओवेन, कान्ट, हेगेल, फायरवाख, स्मीथ, रिकार्डो, रुसो, सिमन, प्रुधों र डार्वीन
लगायतका विचारकहरुले पुँजीवादको उन्नत विकल्प खोज्न थाले । यद्यपि उनीहरुको विचार
वैज्ञानिक र वस्तुवादी होइन केवल भाववादी चिन्तन्धारामा आधारित हुन पुगे ।
काल्पनिक, मनोगत र यान्त्रिक प्रकारमा सिमित रहे र भौतिकवाद संगत हुन सकेनन्
।
शोषित उत्पीडित वर्गलाई शोषक एवं
उत्पीडक वर्गहरुको शोषण दमनबाट उन्मुक्त गराउने संघर्षको वर्गीय दर्शन नै
मार्क्सवाद हो । यो द्वन्दात्मक भौतिकवादी दर्शन हुनुको साथै सामाजिक आर्थिक
विश्लेषण सहितको दर्शन हो । यसले वर्ग सम्बन्ध र सामाजिक द्वन्दलाई ऐतिहासिक
विकासको द्वन्द्वात्मक भौतिकवादी कोणबाट व्याख्या गर्दछ । सामाजिक परिवर्तनलाई
द्वन्दात्मक प्रक्रियामा ग्रहण गर्दछ । यसले वर्गीय समाजमा वर्गीय अन्तरविरोध कायम
रहने सार्वभौम सच्याइलाई आत्मसात गर्दछ । सामाजिक रुपान्तरणलाई वर्गसंघर्षको
केन्द्रीय सवाल भएको स्वीकार गर्दछ । यो उत्पीडित वर्गहरुलाई पथ-प्रर्दशन गर्दै
उत्पीडनबाट मुक्त हुने लक्ष्यमा पुर्याउने समाज विज्ञान हो । यसले इतिहासको
भौतिकवादी व्याख्या गर्दछ साथै संघर्षलाई मुक्तीको अचूक राजनैतिक अस्त्र मान्दछ
अर्थात् मार्क्सवादले समाज परिवर्तन आकस्मिक रूपमा नभएर विशिष्ट ऐतिहासिक
भौतिकवादी सामाजिक प्रक्रियामा निरन्तर हुने कुरामा विश्वास राख्छ ।
यसको दोस्रो विशेषता वा नियम भनेको
मात्रात्मक परिवर्तनको उच्चस्तरीय रुप गुणात्मक परिवर्तन अवश्यम्भावी हुन्छ भन्ने
हो । यस नियमले द्वन्दात्मक प्रक्रियामा वस्तुको मात्रात्मक परिवर्तनशिलतामा
गुणात्मक परिवर्तन निर्भर रहने वकालत गर्दछ । अर्थात निरन्तरताको उच्चतम
अवस्थासँगै क्रमभङ्गता अनिवार्य हुन्छ । निरन्तर विकासको प्रकृया खास विन्दुमा
पुगेर परिपक्व हुन्छ अनि यसले आफ्नो पुरानो चरित्रलाई पुरै परिवर्तन गर्दछ र
त्यतिखेर वस्तु वा सत्ताले नितान्त नयाँ चरित्र ग्रहण गर्दछ । यसलाई नै गुणात्मक
रुपान्तरण भनिन्छ । यो परिमाणात्मक रुपान्तरणकै उच्चतम रुप हो । मार्क्सवादमा
यसलाई क्रान्तिकारी रुपान्तरण भनिन्छ ।
यसको तेस्रो विशेषता वा नियम वस्तु वा
सत्ताको विकास निषेधको निषेध नियममा हुने गर्दछ भन्ने हो । यसको तात्पर्य
पुरानोलाई निषेध नगरी नयाँको जन्म हुँदैन । अर्थात पुरानो अर्थ-राजनीतिक
सम्बन्धलाई निषेध नगरी नयाँ अर्थ-राजनीतिक सम्बन्धको स्थापना सम्भव हुँदैन भन्ने
हो । यो विशेषताले पहिलो र दोस्रो विशेषताको निचोडको प्रतिनिधित्व गर्छ ।
यसमा मजदुरहरुलाई असाध्यै न्युन
ज्याला दिएर अत्याधिक नाफा कुम्ल्याउने गरिन्छ । यसको परिणाम मालिक र मजदुर बीच
शत्रुतापूर्ण अन्तरविरोध हुन्छ । यही अन्तरविरोधकै केन्द्रमा सङ्गठित, योजनावद्ध, उन्मुक्त समाज
निर्माणको उद्देश्य सहित वर्गसचेत पहलकदमीमा योजना, नीति र कार्यक्रम बनाइ संघर्ष गर्ने
प्रक्रिया नै वर्गसंघर्ष हो ।
दास युगमा दास र दासमालिक, सामन्तवादमा
भुमिपती र किसान अनि पुँजीवादमा पुँजीपति वर्ग वा वहुराष्ट्रिय निगम र मजदुर बीच
अन्तरविरोध रहदै आएको छ अर्थात् उत्पीडक र उत्पीडित बीच यो वा त्यो रुपको
वर्ग-अन्तरविरोध अस्तित्वमा देखिन्छ । जसले वर्गसंघर्षको आवश्यकता अनिवार्य
निम्त्याउने गर्छ । आधारभूत विपरीत वर्गहरु बीच भिषण द्वन्द हुँदै आएको छ । यही
द्वन्दको प्रक्रियालाइ नै वर्गसंघर्ष भनिन्छ । मार्क्सवादले आजसम्म अस्तित्वमा
रहेको सबै मानव इतिहासलाई वर्गसंघर्षको इतिहास मान्दछ । उत्पीडित वर्गले उन्मुक्ती
प्राप्त गर्ने असली अस्त्र नै वर्गसंघर्ष हो । यसकारण वर्गसंघर्ष पनि मार्क्सवादको
आधारभुत सिद्धान्त हो ।
मार्क्सले वस्तुमा अन्तरनिहीत दुइ
किसिमको मुल्य सम्बन्धि तथ्य पत्तो लगाए । उपयोग मुल्य र विनिमय मुल्य । उदाहरणको
लागि खोलाको बालुवाको प्राकृतिक रुपमा नै उपयोग मुल्य हुन्छ तर यसलाई प्रयोगमा
ल्याउनको लागि त्यसलाई उत्खनन् गर्नुपर्दछ । यसरी उत्खनन् गर्दा लाग्ने श्रममा
आधारित मुल्य भनेको विनीमय मुल्य हो । यसलाई श्रम मुल्य पनि भनिन्छ । अर्थात
वस्तुको वास्तविक मुल्य नै विनिमय मुल्य हो । मजदुर वर्गको श्रमबाट निर्धारण भएको
श्रम मुल्य मजदुरले नै पाउनुपर्नेमा पाउदैनन् र त्यो पुँजीपतिले हडप्छन् ।
पुँजीवादी उत्पादन पद्यतिमा उत्पादनको
साधनहरुमा पुँजीपतीहरुको पकड वा नियन्त्रण हुन्छ । यस्तो बेला उनीहरुले
मजदूरहरुलाई असाध्यै न्युन ज्याला मात्र दिने गर्दछ । लागत श्रम र लगानी मुल्य अनि
बिक्री गर्दा प्राप्त हुने अत्याधिक नाफा नै अतिरीक्त मुल्य हो । यो पुँजीवादी
उत्पादन सम्बन्ध अन्तरगतको शोषण पद्यति हो । मार्क्सले यो बैज्ञानिक तथ्य पत्तो
लगाइ तमाम उत्पीडित वर्गको आँखा उघारी दिएका थिए ।
प्रारम्भिक चरणमा उत्पादनको साधनहरुमा
उत्पीडित वर्गिय अधिनायकत्व हुन्छ । उच्च चरणमा कि त कम्युन कि त राज्यको
स्वामित्व हुन्छ । उत्पादनको साधनहरुमा साझा स्वामित्व सहितको अर्थ राजनीतिक
सम्बन्ध नै साम्यवाद हो । यसमा राज्य, वर्ग, मुद्रा, राज्यसत्ता पूर्णरुपमा विलोप हुन्छ ।
समाजवादमा प्रत्येकलाई क्षमता अनुसार र साम्यवादमा प्रत्येकलाई उसको आवश्यकता अनुसारको दामको
व्यवस्थापन गरिन्छ । उन्नत सामुहिक चेत, मनोविज्ञान, जीवन व्यवहार र
संस्कृतिको पूर्ण विकसित समाज नै साम्यवाद हो । मार्क्सवादको अन्तिम उदेश्य
साम्यवाद नै हो ।
प्रतिक्रिया