काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा बेल्जियमले बुधबार राति भएको खेलमा क्यानडालाई १–० गोलले हरायो।
बेल्जियमका मिसी बात्सुवाईले निर्णायक गोल गरेका हुन्। खेलको ४४ औं मिनेटमा उनले गरेको गोलमा बेल्जियमले महत्वपुर्ण तीन अंक प्राप्त गरेको हो।समूह एफमा १ खेलपछि बेल्जियमको तीन तथा क्रोएसिया र मोरक्कोको एक एक अंक रहेको छ।
प्रतिक्रिया