दुईवटा जन्मदर्ताबारे अनुसन्धान जारी

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २७ १३:२४ बजे
सन्दीप लामिछाने

काठमाडौं ।  बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न  थालीने भएको छ । 

जिल्ला अदालत काठमाडौंले २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको समय सकिएपछि पुनः थप ५ दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको हो ।

अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको थियो । अनुसन्धानको काम नसकिएकाले नेपाल प्रहरीले थप ७ दिनको समय माग गरेपनि अदालतले आज (बिहीवार)  थप ५ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोजकृष्ण घिमिरेले  बताएका छन् ।  उनले अदालतले बयान लिने क्रम आधा सकिसकेको भन्दै असोज ३१ गतेसम्म अनुसन्धान सकीने बताएका छन् । 

अनुसन्धान गर्न ७ दिनको म्याद माग्नुभएको थियो । पक्राउ परेको दिनबाट ७ दिन गइसकेको छ, बयान लिने क्रम पनि आधा सकिसकेको छ । ७ दिन धेरै लामो हुन्छ, यो एउटा व्यक्तिसँग मात्र नभइ संस्थासँग सम्बन्धित मुद्दा छ, यस्तो मुद्दालाई अलि फास्टट्रयाकमा गम्भीरताका साथ लिएर काम सक्नुपर्ने भन्यौँ । अनुसन्धानमा लामो समय लिनु भनेको प्रहरीका लागि पनि नराम्रो कुरा हो । हामीले ३ दिनको माग गरेका थियौँ । सूर्यबहादुर थापाको बेन्चले ५ दिनको समय थपेको छ । कार्तिक १ गते फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्न सकिने उनले बताएका छन् । उनले किशोरीको दुइवटा जन्मदर्ता भएको विषयमा आफुहरुले अनुसन्धान गरिरहेको बताएका छन् ।



२०७९ असोज २७ १३:२४ बजे

प्रतिक्रिया