काठमाडौं । पहिरो खसेपछि बन्द भएको नारायणगढ(मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो ।
अहिले सडक दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बर्खा लागेसँगै यस ठाउँमा पटक–पटक पहिरो खसेर सडक बन्द हुँदै आएको छ ।
प्रतिक्रिया