बालेनले भारतसङ्ग आत्मसमर्पण गरे-मोहनविक्रम सिह महामत्री नेकपा (मसाल)
वालेन साह कुनै सिद्धान्त वा नीति भएका व्यक्ति नभएर चरम प्रकारका मौकापरस्त व्यक्ति हुन् र उनले आफ्नो फाइदाका लागि कुनै पनि बेला कुनै पनि प्रकारको सौदावाजी गर्न सक्दछन्
नेकपा(मसाल)का महामत्री मोहनविक्रम सिहले आज एक वक्तव्य जारी गर्दै भनिएको छप्रधानमन्त्री बालेन्द्र शाह दुईदिने भारत भ्रमण सिद्धाएर नेपाल फर्केका छन् । उनको भ्रमणको सबैभन्दा उल्लेखनीय पक्ष के हो भने उनले औपचारिक रूपले नै कालापनी, लिपुलेक, लिम्पियाधुराको नेपालको भूगोललाई भारतलाई सुम्पेर आएका छन् । त्यसबारे उनले सामान्य रूपले पनि चर्चा नगरेको र संयुक्त विज्ञप्तिमा पनि त्यसबारे कुनै उल्लेख नगरेको कुराबाट उनले भारतीय साम्राज्यवादप्रति आत्मसमर्पणको नीति अपनाएको कुरामा कुनै शङ्का रहन्न ।
यो आम जनतालाई थाहा भएको कुरा हो कि उनी काठमाडौँ मेयर हुँदा उनले आफ्नो कार्यालयमा अखण्ड नेपालको नक्सा राखेर आफूलाई चरम प्रकारको राष्ट्रवादी देखाउने प्रयत्न गरेका थिए र त्यसले गर्दा नेपालका जनता र युवकहरूमा उनीप्रति धेरै आकर्षण बढेको थियो। पछि नेपालका मन्त्री वा उच्चपदाधिकारीहरू भारत वा चीनको यात्रामा जाँदा पनि उनले लिपुलेकबारे चीन र भारतले गरेका सन्धि वा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतमाथि भारतले गरेको अतिक्रमणका विरुद्ध कडा प्रकारले आवाज उठाउनुपर्ने कुरामा जोड दिएका थिए । उनै बालेन्द्र शाहले आफ्नो भारत भ्रमणको बेलामा कालापानी समेतमाथि भारतले गरेको कब्जाबारे आत्मसमर्पणको नीति अपनाएर आए। त्यसबाट के प्रस्ट हुन्छ भने उनी कुनै सिद्धान्त वा नीति भएका व्यक्ति नभएर चरम प्रकारका मौकापरस्त व्यक्ति हुन् र उनले आफ्नो फाइदाका लागि कुनै पनि बेला कुनै पनि प्रकारको सौदावाजी गर्न सक्दछन् । अर्को शब्दमा उनी अत्यन्त अविश्वसनीय व्यक्ति हुन् । त्यस प्रकारको व्यक्तिको हातमा अहिले देशको नेतृत्व छ । त्यसबाट देशमा कुनै पनि प्रकारको दुष्परिणाम हुन सक्दछ र त्यसप्रति हामीले सम्पूर्ण देश तथा जनताको ध्यान आकर्षित गर्न चाहन्छौं ।
प्रबुद्ध समूहको प्रतिवेदनबारे पनि प्रधानमन्त्रीले कुनै कुरा उठाएनन्। नेपाल(भारत दुवै देशका विज्ञ सम्मिलित संयुक्त प्रबुद्ध समूहले १९५० को सन्धि लगायत नेपाल र भारतसित सम्बन्धित विभिन्न विषयहरूमा पुनरावलोकन गरेर तिनीहरूबारे कैयौं सुझाव दिएको थियो। तर प्रधानमन्त्री मोदीले वर्षों बितिसक्दा पनि त्यो प्रतिवेदनलाई बुझ्न अस्वीकार गरेका छन् । त्यसबारे पनि नेपालका प्रधानमन्त्रीले कुनै उच्चारण समेत गरेनन् ।
नेपालका भैरहवा र पोखराका हवाई मार्गलाई भारतले अहिलेसम्म बाटो दिएको छैन । त्यसले नेपालको हवाई यातायात, पर्यटन र विकासमा समेत धेरै बाधा पुगेको छ । प्रधानमन्त्रीको भारत यात्राका बेलामा पोखराका लागि भारतमा हवाई यातायातको बाटो दिनेबारे त कुनै कुरा नै गरिएन । काठमाडौं(भैरहवा(लखनउ हवाइ रुट दिने सहमति गरिएको छ। त्यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्दछ । तर यस सन्दर्भमा यो उल्लेखनीय छ कि या भन्दा अगाडि पनि स्वयं भारतीय प्रधानमन्त्री मोदीको पहिलो नेपाल भ्रमणका बेला विभिन्न हवाई रुट दिने सहमति भएको थियो । त्यसपछि पनि दुई देशका सरकार प्रमुख स्तरमा पनि विभिन्न हवाई रुट दिने भारतले सहमति गरेको थियो । त्यसका साथै सन् २०१६ मा काठमाडौं-भैरहवा-लखनउ हवाई मार्ग दिने सहमति भारतले गरेको थियो। तर ती सबै सहमितहरुलाई विभिन्न बहानामा कार्यान्वयन गरिएन । अहिले प्राविधिक टोलीको रिपोर्ट आएपछि काठमाडौं-भैरहवा-लखनउ हवाईमार्ग उपलब्ध गराउने सहमति भएको छ । तर त्यो सहमति पनि विगतकै सहमति जस्तो हुने त होइन ? त्यो प्रश्न उठाउने ठाउँ छ ।
चीन र भारत दुवै हाम्रा छिमेकी देशहरू हुन् र हाम्रो देशले उनीहरूप्रति तटस्थ नीति अपनाउँदै आएको छ र अहिले बालेन्द्र शाहले अपनाएको नीतिबाट उनले ती दुवै देशप्रतिको तटस्थ नीतिलाई त्यागेर पूरै भारतपरस्त नीति अपनाउन थालेको आभास मिलेको छ । उनले अहिले भारत भ्रमणको बेलामा भारतका लागि सुरक्षा परिषदमा स्थायी सिट मात्र होइन, भिटो सहितको सदस्यताको प्रस्तावलाई समर्थन गरेका छन् । त्यस प्रकारको समर्थनले उनको भारतपरस्त दृष्टिकोणलाई नै बताउँछ । त्यो नेपालको लागि गम्भीर चिन्ताको विषय हो। उनको त्यस प्रकारको भारतपरस्त नीति कुन रूपमा देखापर्दै जानेछ रु त्यो कुरा आउने दिनहरूमा नै थाहा हुँदै जानेछ ।
अहिले भारतका प्रधानमन्त्री मोदीले बालेन्द्र साहको धेरै नै प्रशंसा गरेका छन्। तर यो कुरा बुझ्न गाह्रो पर्दैन कि उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा समेतबारे आत्मसमर्पणवादी नीति अपनाएको समेत कार्यले नै उनले बालेन्द्र शाहको त्यस प्रकारको धेरै प्रशंसा गरेका हुन् र त्यही कारणले उनी मोदीका लागि धेरै प्रिय पात्र बनेका छन् । नेपालमा जसले भारतले कब्जा गरेको नेपालको भूमि वा सुस्ता समेतको सिमा अतिक्रमणबारे देशभक्तिपूर्ण दृष्टिकोण राख्ने गर्दथे, ती सबैप्रति मोदीले शत्रुतापूर्ण नीति अपनाउँथे तर अहिले उनको स्वर बदलिएको छ । त्यसको कारण के हो रु बुझ्न गाह्रो पर्दैन ।
अहिलेको भारत भ्रमणका बेलामा भारतले भोटेकोशीको बाढीद्वारा पीडित जनताको लागि राहत समेत नेपालको विकास सम्बन्धी कैयौं परियोजनामा सहायता दिन स्वीकार गरेको छ। नेपालको विकासका लागि कुनै मित्र देशले दिने सहायतालाई हामीले सकारात्मक रूपमा नै लिनुपर्दछ । तर त्यस प्रकारको कुनै पनि सहायताको अर्थ देशको स्वतन्त्रता, राष्ट्रियता र स्वतन्त्रतासितको सौदावाजी हुन नपाओस्, त्यसप्रति नेपाली जनताको सधैं उच्च ध्यान जानुपर्ने आवश्यकता हुन्छ भनि महामत्रीले वक्तव्यमा उल्लेख गरेका छन।
प्रतिक्रिया