देउवा समूहको महाधिवेशन खुल्लामञ्चमा हुने

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर ९ १३:५२ बजे

काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले खुलामञ्चमा महाधिवेशन गर्ने भएको छ । आजबाट सम्पर्क कार्यालय चुनदेवीमा बसिरहेको समूहको महाधिवेशन आयोजक समितिको बैठकमा निर्वाचन समितिका संयोजक अधिवक्ता एकराज पोखरेलले यसबारे जानकारी गराएका हुन् ।  

संयोजक पोखरेलका अनुसार निर्वाचन प्रयोजनका निमित्त खुल्ला मञ्चमै साना–साना निर्वाचन स्टलहरू निर्माण गरी त्यहीँबाट मतदान तथा निर्वाचन प्रक्रिया सम्पन्न गर्ने कार्यक्रम तय गरिएको छ ।

जारी महाधिवेशन कार्यक्रमअन्तर्गत हालसम्म ५९ वटा जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको समेत संयोजक पोखरेलले बताए । बाँकी जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको पनि तिथि मिति तय भइसकेका जानकारी उनले दिए ।

२०८३ मंसिर ९ १३:५२ बजे

प्रतिक्रिया