दशौं राष्ट्रिय खेलकुदस् आज दोस्रो दिन यी पाँच खेलमा प्रतिस्पर्धा

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर ९ १०:३८ बजे

काठमाडौं । दशौं राष्ट्रिय खेलकुदका लागि बुधबार पाँच खेलका लागि प्रतिस्पर्धा हुने भएका छन् । औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरु भने मंगलबारदेखि नै सुरु भएका थिए । सोही अन्तर्गत आज बुधबार पाँच खेलमा प्रतिस्पर्धा हुने भएका हुन् ।

बुधबार प्रतिस्पर्धा हुने खेलहरुमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल रहेका छन् ।आज महिला क्रिकेट अन्तर्गत बिहान साढे ९ बजे हुने खेलमा बागमती र सुदूरपश्चिम तथा दिउँसो हुने खेलमा कर्णाली र कोशी प्रदेश भिड्दैछन् ।

त्यसैगरी पुरुष फुटबलमा आज पहिलो खेल त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच हुनेछ भने दोस्रो खेल कोशी प्रदेश र बागमती प्रदेशबीच हुनेछ ।

 

२०८३ मंसिर ९ १०:३८ बजे

प्रतिक्रिया