यू-१९ एसिया कप : यूएईविरुद्ध नेपाल १५३ रनमा अलआउट

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक २३ १४:५५ बजे

काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपको आफ्नो दोस्रो खेलमा नेपाल यूएईविरुद्ध १५३ रनमा अलआउट भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको हो ।

नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए । सचिन भट्टले ३२, दर्श सोनार र निरज यादवले १६, आशिष लुहारले ११ रन बनाए ।

यूएईका लागि नसीम खानले ५ विकेट लिए भने अयान मिसबाहले ३ विकेट र नूरउल्लाह अयोबीले २ विकेट लिए । नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

२०८३ कात्तिक २३ १४:५५ बजे

प्रतिक्रिया