क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक २० १६:५३ बजे

काठमाडौं । विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट २३४ खेल खेल्दै १४६ गोलको विश्व कीर्तिमानसहित आफ्नो अन्तर्राष्ट्रिय यात्रामा पूर्णविराम लगाएका हुन् ।

आफ्नो देशलाई पहिलोपटक ठूला अन्तर्राष्ट्रिय उपाधि दिलाउने क्रममा उनले एक पटक युरो कप र दुई पटक नेसन्स लिगको उपाधि जिताएका थिए ।

अन्तर्राष्ट्रिय फुटबल इतिहासमै सर्वाधिक गोलकर्ताका रूपमा रहेका रोनाल्डोले दुई दशकभन्दा लामो समय पोर्चुगलको जर्सीमा विश्व फुटबलमा एकछत्र राज गरे । यद्यपि, क्लब फुटबलमा भने उनी सक्रिय नै रहनेछन् ।

२०८३ कात्तिक २० १६:५३ बजे

प्रतिक्रिया