दशैको टिका लगाउदै गर्दा यामकुमार नेपालीको निधन

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक ११ १०:०२ बजे
यामकुमार नेपाली

चेन्नई । जैमिनी नगरपालिका वार्ड नंबर ८ छिस्ती क्वाउदी खोल्टेपानी, बाग्लुङ जिल्ला निवासी बलबिर नेपालीका ४४ बर्षीय छोरा तथा अखिल भारत नेपाली एकता समाजका क्षेत्रीय सदस्य तथा चेन्नई पश्चिम नगर समितिका सचिव याम कुमार नेपाली दशैका दिन टिका लगाउने क्रममा हृदयाघातका कारण निधन भएको छ।

उहाँको चेन्नईको केएमसी हस्पिटलमा उपचार  भएको थियो। उपचारका कैयन विधि र उपाय अपनाउदा पनि वहालाई बचाउन सकिएन। उपचारका क्रममा दिनांक २७ अक्टूबर २०२६ का दिन बिहान  निजको दुखद निधन भएको समाजका महासचिव महेन्द्र वस्यालले वताएका छन।    निजको दुखद निधनको खबरले हामी सबैलाइ स्तब्ध र मर्माहित बनाएको छ। निज एक कर्मठ होनाहार मिलनसार एवं अनुशासित नेता हुनुहुन्थ्यो। वहाँको दुखद निधनले हाम्रो संगठनलाइ अपुरणिय क्षति पुर्याएको छ वस्यालले स्टाटस लेखेका छन।

घटनाको जानकारी पाउनसाथ दक्षिण भारत क्षेत्रीय अध्यक्ष हेमराज रिजाल  र नगर अध्यक्ष राजु अधिकारी तुरुन्त हस्पिटलमा पुगी घटनाको जानकारी लिनु भएको छ। सबै प्रकृया मिलाएर परिवार र संगठनको तर्फबाट आज निजको चेन्नईको आरूमवाक्कममा अबस्थित संसानघाटमा करिब १ बजे सम्मानजनक अन्तिम दाहसंस्कार गरिने छ। निजको अन्त्येष्टिमा सहभागी हुनको लागि अनुरोध गरिएको छ। यस दुखद समयमा अखिल भारत नेपाली एकता समाज निजको दिभंगत आत्मा प्रति चिर शान्तिका साथै शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछ  स्टाटसमा  भनिएको छ।


२०८३ कात्तिक ११ १०:०२ बजे

प्रतिक्रिया