एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १० १९:४३ बजे

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा शानदार सुरुवात गरेको छ । पहिलो खेलमै साविक उपविजेता सुदूरपश्चिम रोयल्समाथि ७ विकेटको जित हात पारेको हो । 

सुदूरपश्चिमले दिएको ८ रनको लक्ष्य लुम्बिनीले तीन विकेटको क्षतिमा १० औँ ओभरमा पूरा गर्यो । लुम्बिनीका लागि ओपनर डार्शी शर्टले ४० रनको योगदान गरे । १ बलको सामना गरेका शर्टले ४ चौका र ३ छक्काको मद्दतमा टोलीलाई जित नजिक पुर्‍याएर आउट भए ।

आसिफ शेख टोलीलाई ६ रन आवश्यक पर्दा ३२ रनमा आउट भए । उनलाई पनि खरेलले नै दिपेन्द्रको हातबाट क्याचआउट गराए । आसिफ यहि सिजन जनकपुरबाट रिलिज भएर लुम्बिनीमा अनुबन्ध भएका हुन् ।

उनलाई पहिलो सिजन जनकपुरले मार्की खेलाडीका रुपमा भित्र्याएको थियो । लुम्बिनीमा आएपछि उनले सम्मानजनक रन बनाएका हुन्। 

अर्को ओभरमा निरोशन डिकवेला व्यक्तिगत ७ रन बनाउँदा दिपेन्द्रको बलमा बोल्ड भए। शामिम हुसेन १ र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे ।

२०८३ कात्तिक १० १९:४३ बजे

प्रतिक्रिया