काठमाडौं । देशमा हाल कुनै मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेकाले वर्षा र हिमपातको गतिविधि खासै छैन । अबका तीन दिन पनि यस्तै हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबका तीन अर्थात् दसैँ टीकाका दिन (कात्तिक ४)सम्म समग्रमा देशभरको मौसम घमाइलो हुने पूर्वानुमान रहेको महाशाखाका मौसमविद् सिर्जना गिरीले जानकारी दिइन् । “आज, भोलि पर्सिलाई लगभग मौसमको अवस्था यस्तै नै रहन्छ,” उनले वताएकी छन, “त्यस्तो परिवर्तन केही पनि हुने देखिँदैन ।”यो अवधिमा प्रायः ठाउँमा वर्षा र हिमपातको सम्भावना एकदमै न्यून रहेको उनले स्पष्ट पारिन् । “मध्य र पूर्वी पहाडी भेगमा चाहिँ हल्का हिमपात हुन सक्ने हो,” उनले भनिन्, “अन्य ठाउँमा मुख्यतया सफा नै रहन्छ । लगभग घमाइलै हुन्छ ।”
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । यसको पनि उल्लेखनीय प्रभाव नरहेको उनले जानकारी दिइन् ।दसैँ टीकाका दिन काठमाडौंसहित देशका प्रायः भूभागमा मौसम घमाइलो हुने उनले बताइन् । “उच्च पहाडी र हिमाली भूभागमा एक–दुई ठाउँमा मात्रै (वर्षा र हिमपात) सम्भावना देखिएको छ,” उनले भनिन्, “प्रायः ठाउँमा मौसम मुख्यतया सफा नै रहन्छ ।
प्रतिक्रिया