राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी

bimbonline बिम्ब अनलाइन
२०८३ असोज ३० १८:५० बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम शुक्रवार नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा९प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरेका हुन् ।

यसैगरी, राष्ट्रपतिले सङ्घीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनसम्बन्धी विधेयक पनि प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले जानकारी दिएका छन् ।

२०८३ असोज ३० १८:५० बजे

प्रतिक्रिया