कांग्रेसको खुलातर्फको सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी विजयी

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २७ १८:३३ बजे

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित भएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा खुलातर्फ खतिवडा र सिवाकोटी सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।

उनीहरूका प्रतिद्वन्द्वी डिल्लीराम सुवेदी, देवेन्द्र राज कँडेल, राजिव ढुङ्गाना, विकास कोइराला, अमृतकुमार अर्याल, रमेशप्रसाद धमला र विमलराज क्षेत्री रहेका थिए । 

त्यस्तै अन्य कलस्टरतर्फ विभिन्न पदहरूको मतगणना पार्टी कार्यालय सानेपामा जारी रहेको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधवारसम्म सबै मतगणना सक्ने गरी हाल गणना भइरहेको जानकारी दिएको छ ।

यसअघि सभापतिमा गगन थापा, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति महिलामा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका थिए भने उपसभापति खुलामा चन्द्र भण्डारी र मधु आचार्य, समावेशीतर्फको उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका थिए। त्यस्तै महामन्त्री खुलामा प्रदीप पौडेल र उदय शम्शेर राणा र महिलातर्फ डा। डिला संग्रौला निर्वाचित भएका थिए ।


२०८३ असोज २७ १८:३३ बजे

प्रतिक्रिया