देउवा समूहको महाधिवेशनका लागि पाँच समिति गठन

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर ११ १७:१० बजे

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गर्न लागेको १५औँ केन्द्रीय महाधिवेशनका लागि पाँचवटा समिति गठन गरिएको छ ।

महाधिवेशन मूल तयारी समितिको बैठकको निर्णयअनुसार संयोजक प्रा.डा. शशांक कोइरालाले विभिन्न समितिका संयोजक मनोनयन गरेका हुन् ।

जसअनुसार प्रचारप्रसार समितिको संयोजकमा केन्द्रीय सदस्य एवं प्रवक्ता डा। प्रकाशशरण महत, अतिथि सत्कार तथा समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य एनपी साउद र प्रशासन समन्वय तथा स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत चयन भएका छन् ।

त्यस्तै, सांस्कृतिक समितिको संयोजकमा केन्द्रीय सदस्य विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा डा। अमित कार्कीलाई जिम्मेवारी दिइएको छ ।

देउवा समूहले मंसिर २१, २२ र २३ गते काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको जनाएको छ ।

२०८३ मंसिर ११ १७:१० बजे

प्रतिक्रिया