सुदूरपश्चिम सरकारले बल्ल ल्यायो बजेट

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २५ १४:५२ बजे

काठमाडौं । लामो रस्साकस्सीपछि अन्तत: सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रदेश सभा प्रस्तुत भएको छ । अहिले आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेश सभामा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।

यसअघि असारमा तत्कालीन कमबहादुर शाह नेतृत्वको सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेट कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनमा समस्या हुँदा पारित हुन नसकेको थिएन ।

पछिल्लो समय एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को गठबन्धनमा साउन २९ गते खगराज भट्ट नेतृत्वमा सरकार बनेको थियो ।

यो सरकारमा पनि गठबन्धन र मन्त्रिमण्डलकै सदस्यबीच बजेटमा सहमति जुट्न नसक्दा लामो समय प्रदेश सरकार बजेटविहीन बन्न पुगेको थियो । अहिले आर्थिक वर्ष सुरु भएको तीन महिना बित्न लाग्दा बल्ल प्रदेशसभामा बजेट प्रस्तुत भएको छ ।

२०८३ असोज २५ १४:५२ बजे

प्रतिक्रिया