रास्वपाको ९९ केन्द्रीय सदस्यका लागी चार सय बढीको उम्मेद्वारी

bimbonline बिम्ब अनलाइन
२०८३ असार १० १०:२० बजे

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका छन् ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ । उनले भने, “एकिन सङ्ख्या निकाल्दै छौँ, चार सयभन्दा बढीको उम्मेद्वारी परेको छ । आज बिहान ९ः०० बजे नामावली प्रकाशन गरिनेछ ।”

निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिने छ । पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ । मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिने छ । विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने चार हजार हाराहारी प्रतिनिधि छन् ।



२०८३ असार १० १०:२० बजे

प्रतिक्रिया