काठमाण्डौ। लोकतन्त्र, विधिको शासन, नागरिक सर्वोच्चता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकका लागि भोलि ऐक्यबद्धता र्याली निकालिने भएको छ ।
शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) को आयोजनामा राजधानीको माइतीघर मण्डलाबाट दिँउसो ४ बजे र्याली निकाल्न लागिएको हो । र्यालीमा नेपाल चिकित्सक संघ, नेपाल पत्रकार महासंघ, नेपाल बार एशोसिएशन, नेपाल प्राध्यापक संघ, नेपाल शिक्षक महासंघ, नेपाल इञ्जिनियर्स एशोसिएशनका प्रतिनिधिले सहभागिता जनाउनेछन् ।
बालेन्द्र साह नेतृत्वको सरकारको कार्यशैलीले लोकतन्त्रका आधारभूत मूल्यमान्यता कमजोर बन्दै गएको पापडको ठहर छ । नागरिक अधिकार खुम्च्याउने, प्रेस स्वतन्त्रता र सूचनाको हकमा अंकुश लगाउने सरकारका कार्यको विरोधमा ऐक्यबद्ध भएर सडकमा उत्रिन लागेको पापडले जनाएको छ ।

प्रतिक्रिया