क्रान्तिकारी किसान महासंघको राष्ट्रिय भेला काठमाण्डौमा सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८३ ज्येष्ठ २० १०:४९ बजे

काठमाण्डौ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट    क्रान्तिकारी किसान महासंघको ऐतिहासिक दोस्रो राष्ट्रिय भेला २०८३ जेठ १७ र १८ गते इच्छुक साँस्कृतिक प्रतिष्ठान घट्टेकुलो काठमाण्डौमा भव्यताको साथ सम्पन्न भएको छ ।

भेलाले सीताराम तामाङ (काठमाडौं)को संयोजकत्वमा ३१ सदस्यीय समिति गठन गरेको छ जसमा सहसंयोजक,धनेश्वर पोख्रेल (प्यूठान), बाबुराम सुवेदी(तनहुँ), क्षेत्रबहादुर थापा (नवलपरासी), टंक प्रसाद कोइराला (कैलाली), बालकृष्ण सुवेदी (सुनसरी), दीपक शाही (बाँके), सोमानसिं तामाङ (काभ्रे), रामनारायाण सिं (सिराहा), कृष्णभक्त महर्जन (ललितपुर), कर्णबहादुर थापा (बारा), दिवाकर न्यौपाने (चितवन), प्रकाशबाबु खनाल (चितवन), कृष्णकुमार ढकाल (मोरङ), ढुण्डिराज न्यौपाने (नुवाकोट), कमल उप्रेती (कपिलवस्तु), प्रकाश ऐर (डडेल्धुरा), क्षेत्र बहादुर आले (भक्तपुर), थलप्रसाद देवकोटा (सिन्धुली), लोकबहादुर वि.क. (कैलाली), शशिराम बुढाथोकी (दाङ), देवीराम आचार्य (सुर्खेत), राम भाट (कैलाली), खड्क कुँवर (चितवन), सूर्यनारायण चौधरी (सप्तरी), बहादुर सिंह चाँड (डडेल्धुरा), श्रवण वि.क. (उदयपुर), देवानन्द चौधरी (बारा), तेजनारायण यादव (धनुषा), केजी कुमार पौडेल (रुपन्देही) रहनु भएको छ।

भेला पछि बसेको बैठकले ११ सदस्यीय सचिवालय गठन गरेको छ जसमा संयोजक सिताराम तामाङ ,सह संयोजक धनेश्वर पोख्रेल ,सदस्यहरु बाबुराम सुवेदी, क्षेत्रप्रताप थापा, टंक प्रसाद कोइराला ,बालकृष्ण सुवेदी, दीपक शाही, सोमानसिं तामाङ, राम नारायण सिङ,कृष्ण भक्त महर्जन, कर्ण बहादुर थापा रहनु भएको र कार्यालय सचिव कृष्णभक्त महर्जनलाई चयन गरेको र संघर्षको कार्यक्रम १ महिना पछि बस्ने बैठकले निर्णय गर्ने जानकारी सह संयोजक धनेश्वर पोख्रेलले दिनु भएको छ।


२०८३ ज्येष्ठ २० १०:४९ बजे

प्रतिक्रिया