प्रधानमत्री वालेन साहको तथ्यहिन र देशद्रोही जवाफ

bimbonline बिम्ब अनलाइन
२०८३ ज्येष्ठ १७ २१:०७ बजे
प्रधानमत्री वालेन साह

काठमाण्डौ। आज प्रतिनिधि सभामा साँसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमत्री वालेन साहले नेपालले पनि भारतको कयौ भु-भाग मिचेको कुरा प्रधानमत्री भए पछि थाहा पाएको भनि अभिव्यक्ति दिएका छन। नेपालले-  भारतको कहाँ कहाँ कति क्षेत्रफल जग्गा कहिले देखि मिचेका हुन सो वारे वालेनले केहि वोलेका छन्न।

आज सम्म भारतले पनि औपचारिक वा अनऔपचारीक कुनै पनि रुपले आफ्नो कुनै पनि भु-भाग नेपालले मिचेको भनि दावी गरेको थिएन।नेपाल–भारत सिमारेखाले नेपालका २६ जिल्ला छोएको छ ।यसमध्ये २३ जिल्लाका ७१ स्थानमा ६०,६६२ हेक्टर नेपाली भूमि भारतद्वारा अतिक्रमण भएको छ ।

यसमध्ये दार्चुला (व्यास १ र २) मा ३७ हजार हेक्टर, कञ्चनपुरको ९ स्थानमा १,६११ हेक्टर, कैलालीको ३ स्थानमा २५६ हेक्टर, बर्दियाको ४ स्थानमा ३१ हेक्टर, बाँकेको २ स्थानमा ५१ हेक्टर, दाङमा २५ हेक्टर, कपिलबस्तुमा १ हेक्टर, रुपन्देहीको २ स्थानमा ५५ हेक्टर, नवलपरासी (सुस्ता) मा १४,५०० हेक्टर, चितवनको २ स्थानमा १४४ हेक्टर, पर्साको ६ स्थानमा २३३ हेक्टर, बारामा ३० हेक्टर, रौतहटमा १५ हेक्टर, सर्लाहीको २ स्थानमा १२ हेक्टर, महोत्तरीको २ स्थानमा १४ हेक्टर, सिराहको २ स्थानमा १७ हेक्टर, सप्तरीको ७ स्थनमा १७५ हेक्टर, सुनसरीको ३ स्थानमा ४३ हेक्टर, मोरङको ३ स्थानमा ३५ हेक्टर, झापाको ८ स्थानमा १७४ हेक्टर, इलामको ४ स्थानमा ८२ हेक्टर, पाँचथरको २ स्थानमा ४,११४ हेक्टर र ताप्लेजुङको ४ स्थानमा २,०२० हेक्टर भूमि भारतले अतिक्रमण गरेको छ ।

अब घण्टी पार्टी र यसका तर्फबाट प्रधानमन्त्री बनेका बालेन्द्रले जवाफ दिनुपर्यो कि भारतको भूमि नेपालले कहॅा कति कहिले देखि भारतको जमिन मिचेको छ ? जवाफ दिनुपर्यो।प्रधानमत्रीले तथ्यहिन रुपमा आफ्नै देशले भारतको भु-भाग मिचेको भनि दिएको अभिव्यक्ति नेपालको सार्वभौमसत्ता भुगोलीक अखण्डताको विरुध्दको देशद्रोहि जवाफ भएको जानकारहरु वताउछन।

यसको सँसद सडक सामाजिक सञ्जाल सहित चौतर्फरुपमा विरोध भएको छ। प्रधानमत्रीले राजिनामा दिनुपर्ने देशव्यापी माग वढेको छ।


२०८३ ज्येष्ठ १७ २१:०७ बजे

प्रतिक्रिया