धनगढी। क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी सुकुम्वासी सघ कैलालीले हिजो कैलालीको अत्तरिया वजारमा हात-हातमा प्लेकार्ड झण्डा व्यानर सहित नारा जुलुस र कोणसभा गरेर सरकारले भुमिहिन सुकुम्वासी किसानहरु माथि गरेको फासिवादी दमनको विरुध्द प्रदर्शन गरेका छन।
सुकुम्वासी भुमिहिन अव्यवस्थित किसानहरुले जोतभोत गरेको आधारमा जग्गा दर्ता गरेर जग्गाधनि प्रमाण पुर्जा दिनुपर्ने जमिन जोतभोग नगर्ने व्यक्तिहरु लाई सरकारले शक्ति र पहुचका आधारमा जग्गा दर्ता गरेर कसैले सयौ हजार विगा जग्गा ओकट्ने तर वास्तविक किसान लाई लखेट्ने काम अन्यायपुर्ण भएको हुदा सुकुम्वासीको आन्दोलनमा पार्टी सहयोग साथ रहने कुरा पार्टी पिविएम लालवहादुर जाग्रीले मन्तव्य वताएका छन। जमिनको न्यायोचित विवरण गर्नका लागी सरकारले क्रान्तिकारी भुमी सुधार गर्नु पर्ने जाग्रीले वताए।
अत्तरियाको महेन्द्रनगर रोड वाट शुरुभएको जुलुसले अत्तरिया वजारको चौराह परिक्रम गरि पुनः महेन्द्रनगर चोकमा कोणसभामा परिणत भएको थियो। कार्यक्रममा क्रान्तिकारी किसान सँगठनका नेता टँक कोइराला पार्टीका पिविएम तथा २ न. व्युरो इञ्चार्ज लालवहादुर जाग्रीले सम्वोधन गरेका थिए। कार्यक्रमको सञ्चालन रामवहादुर धामीले गरेका थिए भन्ने पार्टीका सिसिएम तथा व्युरो न.२ का सचिव लालकिरणको पनि कार्यक्रममा सहभागिता रहेको वताइन्छ।
प्रतिक्रिया