डडेल्धुराका राजनितिक दलले दियो प्रधानमत्री लाई ८ वुदे ज्ञापनपत्र

सत्तारुढ दलबाट स्वास्थ्य संस्था जस्तो पवित्र संस्थाप्रति गरिएको क्रियाकलापको घोर भत्सर्ना गर्दछौ।

bimbonline बिम्ब अनलाइन
२०८३ ज्येष्ठ ७ १५:१३ बजे

डडेल्धुरा। डडेल्धुरामा रहेको सम्पुर्ण  दलहरुले आज डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मार्फत सँयुक्त ज्ञापनपत्र वुझाएका छन। ज्ञापनपत्रमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रकाश ऐर नेपाली काग्रेसका पुर्व सभापति कर्ण मल्ल नेकपा (एमालेका)अध्यक्ष गजेन्द्र शाहि नेकपाका डम्वर साउद राप्रपाका राजेन्द्र भण्डारी समेतले हस्ताक्षरित ज्ञापनपत्र एमालेका अध्यक्ष गजेन्द्र शाहीले वाचन गरेपछि सँयुक्तरुपमा वुझाइएको काग्रेस कार्यालय सचिव रामवहादुर विष्टले विम्व अनलाईन लाई वताएका छन।

ज्ञापनपत्रमा माग गरिएको छ- वर्तमान सरकारले चलाएको डोजर आतंक प्रति हाम्रो पूर्ण असहमति छ। डोजर कानुनअनुसार चल्नुपर्दछ । कानुन हातमा लिएर होइन हाम्रो स्पष्ट मान्यता छ कि सुकुम्बासीहरूको पहिलो तथ्याङ्क लिइ  निजहरूको वैकल्पिक बासस्थानका व्यवस्था गरीनुपर्ने, अव्यवस्थीत वसोवास लाई व्यवस्थित गरिनुपर्ने डोजर आतङग वन्द गरीनिपर्ने। शिवशिखर सहकारी संस्था लिमिटेडले लामो समयमा डडेलधुरा जिल्लाका श्रमजीवी जनताको रकम अवचलन गरेको छ। सरकारले यथाशीघ्र उक्त संस्थाको अचल सम्पत्ति बिक्री वितरण गरी उक्त संस्थाबाट ऋण लिने व्यक्तिहरुको असुली गरी अपुग रकम नेपाल सरकारबाट पीडितहरूलाई उपलब्ध गराइनुपर्दछ। सहकारी ठगहरु लाई कार्वाहि हुनपर्ने।

देशका दर्जनभन्दा कम अस्पतालमध्ये एक रहेको राष्ट्रिय स्तरको डडेलधुरा जिल्ला अस्पतालको दिनप्रतिदिन उधोगति भइरहेको छ । यथाशीघ्र दरबन्दी अनुसारका जनशक्तिको व्यवस्था र उपकरणहरूको मर्मत तथा खरिद ओए. न.एम. रिपोर्ट सार्वजनिक गरी एक वर्षभित्र उक्त अस्पतालको सन्दर्भमा लागू गरीनु पर्ने , हरेक बिरामीले सरल, सहज र सुलभ ढङ्गबाट स्वास्थ्य सेवा पाउनुपर्ने , गर्मी मौसमलाई मध्यनजर गरी पूर्व सावधानी र तयारीमा रहनुपर्ने माग गर्दछ। हाल सत्तारुढ दलबाट स्वास्थ्य संस्था जस्तो पवित्र संस्थाप्रति गरिएको क्रियाकलापको घोर भत्सर्ना  गर्दै दोषीलाई यथाशीघ्र कारबाहीको माग गर्दछौँ।

मध्यपूर्वमा भइरहेको खाडी युद्धको प्रभाव नेपाल लगायत डलरमा पनि पर्नु स्वभाविक भएतापनि यसका कारण पूर्व स्वीकृत भई कार्यान्वयन चरणमा रहेका निर्माण व्यवसायीहरुका ठेक्का सम्झौतामा हालको मूल्यलाई समायोजन गरी उक्त ठेक्का पुनरावलोकन गरिनु पर्दछ। उद्योग व्यवसायीहरूको लामो समयदेखि कर तथा मूल्य अभिवृद्धि कर भुक्तानमा परेको कठिनाइमा पुनर्विचार गर्दै यिनका छाता संगठनलाई सहयोगी र उत्तरदायी संस्थाको रूपमा अगाडि बढाइनु पर्दछ। डाँडावन सडक पुल,  डाँडाबन अस्पताल , अजयमेरु अस्पताल,  जोगबुडा- दैजी सडक  ,भत्काडा- रेल सडक लगायतका जिल्ला भरिका अधुरा योजनाहरूमा बजेटको व्यवस्था गरी सम्पन्न गर्न हुन जोडदार माग गर्दछौँ।

डडेलधुरा बजार क्षेत्रको सडक विस्तारको क्रममा मुआवजा नपाएकाहरूलाई  मुआवजा उपलब्ध गराई सदरमुकामको बजार व्यवस्थापनमा आवश्यक बजेट व्यवस्था गरियोस्। छाडा चौपायको व्यवस्थापन गरिनिपर्ने। सरकार सबैको अभिभावक हो । त्यसैले कुनै पनि नागरिकलाई सम्मान पूर्वक बाँच्न पाउने व्यवस्था सरकारले नै गर्नुपर्दछ। चाहे खोला छेउमा छाप्रोमा बसेको होस्, चाहे सडक छेउमा झुप्रोमा बसेको होस्, चाहे कच्ची घरमा बसेको होस् ,चाहे पक्की घरमा बसेको होस् कुनै पनि नागरिकलाई राज्य आतंकबाट प्रभावित नगरियोस् यस्तो कार्य तत्काल वन्द गर्न माग गरेका छन।

२०८३ ज्येष्ठ ७ १५:१३ बजे

प्रतिक्रिया