वेजिङ। Marco Rubio चीनको Great Hall of the People मा भएको Donald Trump र Xi Jinping बीचको भेटवार्ताका क्रममा एक अनौठो क्षण क्यामेरामा कैद भएपछि सामाजिक सञ्जाल तातेको छ।
भाइरल भिडियोमा रुबियो बैठक चलिरहेका बेला हलको भव्य छततर्फ हेर्दै गरेको देखिन्छ। छोटो समयको त्यो दृश्य सार्वजनिक हुनासाथ इन्टरनेटमा प्रतिक्रिया ओइरिन थाले। कतिपय प्रयोगकर्ताले रुबियोको खिल्ली उडाउँदै “बैठकभन्दा छत नै बढी रोचक लाग्यो” भन्दै व्यंग्य गरेका छन् भने केहीले चीनको भव्य सरकारी भवन देखेर उनी प्रभावित भएको टिप्पणी गरेका छन्।
यो भिडियो सार्वजनिक भएपछि एक्स, टिकटोक र अन्य प्लेटफर्ममा हजारौं प्रतिक्रिया आएका छन्। केही प्रयोगकर्ताले अमेरिकी कूटनीतिक टोलीको ‘बडी ल्याङ्ग्वेज’ माथि समेत प्रश्न उठाएका छन्।
भेटवार्ता अमेरिका–चीन सम्बन्ध, व्यापार र सुरक्षा मुद्दामाथि केन्द्रित रहेको बताइएको छ। तर औपचारिक एजेन्डाभन्दा पनि रुबियोको त्यो एक क्षण अहिले सामाजिक सञ्जालमा चर्चाको मुख्य विषय बनेको छ।
प्रतिक्रिया