अफगानिस्तानमा महिला लाई वाख्री गाई र वीवी नामले वोलाउनु पर्ने वास्तविक नाम हटाउने आदेश

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर १२ १२:०९ बजे

काठमाण्डौ। अफगानिस्तानमा महिलामाथि लगाइएका प्रतिबन्धहरू अब उनीहरूको पहिचान र नामसम्म पुगेका छन्। तालिबानले अफगानिस्तानको बल्ख प्रान्तमा महिलाको वास्तविक नाम सरकारी अभिलेखबाट हटाएर त्यसको ठाउँमा ‘बीबी’ लेख्न अधिकारीहरूलाई आदेश दिएको बताइएको छ।
यस आदेशअनुसार महिलाको पहिलो नाम सरकारी कागजात, स्वास्थ्यसम्बन्धी अभिलेख तथा चिकित्सकले दिने औषधिको पुर्जासमेतमा उल्लेख गर्न नपाइने बताइएको छ। केही महिलालाई नामले सम्बोधन गर्नुको सट्टा ‘बाख्री’ र ‘गाई’ जस्ता शब्द प्रयोग गरिएको घटनासमेत सार्वजनिक भएको छ।
महिलाको नाम र पहिचानमा मात्रै प्रतिबन्ध सीमित छैन। पुरुष चिकित्सक तथा दन्त चिकित्सकले पनि विशेष सर्त पूरा नभएसम्म महिलाको उपचार गर्न नपाउने व्यवस्था गरिएको छ। महिलासँग पुरुष अभिभावक हुनुपर्ने वा उपचार गर्ने स्थानमा महिला स्वास्थ्यकर्मी उपस्थित हुनुपर्ने जस्ता सर्त राखिएका छन्।
यी आदेशले महिलाको व्यक्तिगत पहिचान, सम्मान र आधारभूत स्वास्थ्य सेवामा पहुँचलाई लिएर गम्भीर चिन्ता बढाएको छ। आफ्नो नामसमेत स्वतन्त्र रूपमा प्रयोग गर्न नपाउने अवस्थाले अफगान महिलाले दैनिक जीवनमा सामना गरिरहेको प्रतिबन्धको अर्को पाटो उजागर गरेको छ।

२०८३ मंसिर १२ १२:०९ बजे

प्रतिक्रिया