इरानको नाकाबन्दीः एकहजार ५०० पानीजहाज अलपत्र

bimbonline बिम्ब अनलाइन
२०८३ वैशाख २५ ११:३० बजे

एजेन्सी । मध्यपूर्व युद्धका कारण करिब एक हजार ५०० पानीजहाज अलपत्र परेका संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय सामुद्रिक मामिला हेर्ने सङ्गठनले जनाएको छ ।सङ्गठनका महासचिवले बिहीबार पनामामा भने, इरानले गरेको नाकाबन्दीका कारण करिब एक हजार ५०० जहाज र तिनका चालक दलका सदस्यहरू खाडीमा फसेका छन्।

इजरायल र संयुक्त राज्य अमेरिकाले फेब्रुअरी २८ मा इरानविरुद्ध सुरु गरेको मध्यपूर्वमा भएको युद्धमा तेहरानबाट प्रतिक्रिया (प्रतिशोध) लाई उक्सायो र एक महत्त्वपूर्ण विश्वव्यापी व्यापार मार्ग हर्मुजमा पानीजहाजको स्वतन्त्र आवागमनमा प्रतिवन्ध लगाइएको छ।

अहिले हामीसँग लगभग २० हजार चालक दल र लगभग एक हजार ५०० जहाजहरू फसेका छन्, आर्सेनियो डोमिन्क्वेजले अमेरिकाको समुद्री सम्मेलनमा सम्बोधनका क्रममा भने । 



२०८३ वैशाख २५ ११:३० बजे

प्रतिक्रिया