काठमाडौं । नेपाली कांग्रेस फुटको दिशामा उन्मुख भएको छ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाए पछि नेपाली कांग्रेस फुटको दिशामा गएको अड्कल गरिएको छ ।
चैत्र १६ गते काठमाडौं धुम्बाराहीको एक होटलमा नेपाली कांग्रेस पूर्णबहादुर खड्का–शेखर कोइराला समूहले नेपाली कांग्रेसबाट निर्वाचित सांसदहरुलाई स्वागत कार्यक्रम राखेको छ । चैत्र १७ र १८ गते दुई दिनसम्म १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बैठक बस्ने बताइएको छ ।
यसअघि खड्काले १४ चैतमा विशेष महाधिवेशनलाई स्वीकार नगरेका पार्टीका शीर्ष नेताहरूलाई बोलाएर ठमेलमा छलफल गरेका थिए । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा खडकाले वक्तव्य जारी गरे पछि गगन–विश्व प्रकाश समूहले खडकाको सदस्यता नवीकरण नगर्ने बारे छलफल चलाएकाछन् ।
प्रतिक्रिया