सुशिला कार्की सरकारको फाशिष्ट शैलीको निन्दा गिरफ्तार नेता कार्यकर्ताको रिहाइको माग

बहिष्कार कार्यक्रमलाई सशक्त रुपमा अधि बढाऔ, गिरफ्तार हुन तयार हौ, प्रहरी हिरासत तथा कारागार भर्न तयार हौ

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन १४ ११:२९ बजे
पार्टी सिसिएम टिकाराम पौडेल र विरवहादुर पुन

काठमाण्डौ। फासिष्ट कठपुतली सरकारको प्रहरीले हिजो दिउसो प्यूठानको बिजुवारबाट कान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा केन्द्रीय सदस्य तथा प्यूठान इञ्चार्ज  टिकाराम पौडेल र वैकल्पिक केन्द्रीय सदस्य तथा प्यूठान सचिव  वीरबहादुर पुनलाई गिरफ्तार गरेको छ ।

यसरी नै सल्यान जिल्ला समितिका सचिवालय सदस्य  गिरिधल बस्नेतलाई पनि हिजो नै गिरफ्तार गरिएको छ । कान्तिकारी कम्युनिस्टहरुको गिरफ्तारीका घटनाले पंचायती व्यवस्थाले अन्तिम सास फेरिरहेको अवस्थालाई विर्साइरहेका छन् । यी गिरफ्तारीका घटनाहरुले जन आक्रोस सञ्चय भइरहेको वक्तयमा उल्लेख गरेका छन ।

हामीले पटकपटक क्रान्तिकारी नेता तथा कार्यकताहरुलाई गिरफ्तार नगर र गिरफ्तार गरिएकालाई ससम्मान रिहाइ गर भन्दा राज्यसत्ता अन्धो र बहिरो हुँदै शान्तिपूर्ण तरीकाले चुनाव बहिस्कारका कार्यक्रम गरिरहेका, घरमै आफ्नो काममा लागेका र बाटोमा हिड्दै गरेका कमरेडहरुलाई गिरफ्तार गरिरहेको छ ।

हामी आम जनसमुदाय र कमरेडहरुलाई भन्दछौ कि बहिष्कार कार्यक्रमलाई सशक्त रुपमा अधि बढाऔ, गिरफ्तार हुन तयार हौ, प्रहरी हिरासत तथा कारागार भर्न तयार हौ । त्यसपछि कारागारका ताला खुल्नेछन् र हाम्रा साथीहरू छुटनेछन्  भन्दै पार्टी प्रवक्ता सुर्दशनले आज एक वक्तव्य जारी गरेका छन।

 


२०८२ फागुन १४ ११:२९ बजे

प्रतिक्रिया