काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशको सेना नवउपनिवेशको माध्यम बन्नु देशद्रोही र कृतघ्न कार्य भएको बताएको छ । नेपाली सेना दिवसका अवसरमा २०८२ फागुन ३ गते टुडिखेलमा अमेरिकी सेनाको परेड–नृत्य बारे प्रतिक्रिया जनाउँदै प्रेस विज्ञप्ति मार्फत पार्टीका प्रवक्ता सुदर्शनले सो धारणा राख्नुभएको हो ।
वक्तव्यमा भनिएको छ “नेपाली सेना दिवसका अवसरमा २०८२ फागुन ३ गते सैनिक मन्चबाट नेपालका राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति र प्रधानमन्त्रीले परेड मैदानमा अमेरिकी सेनाको परेड–नृत्य हेरिरहेको दृश्यले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण गरेको छ । जेनजी “विद्रोह” मा नेपाली जनताको विश्वास गुमाएको नेपाली सेनाले पुनः बचेखुचेको साख पनि गुमाएको छ ।
हरेक देशको सेना त्यस देशको सार्वभौम सत्ता र स्वाधीनताको रक्षक हुनुपर्नेमा “परम्परा” र “नियमित प्रक्रिया” का नाममा नवउपनिवेशको माध्यम बन्नु देशद्रोही र कृतघ्न कार्य हो । हाम्रो पार्टी सरकार र सेनालाई आधिकारिक धारणा सार्वजनिक गर्न तथा देशको रक्षाका लागि राज्यसंयन्त्र दह्रो बनाउन जोडदार माग गर्दछ ।
यसको साथै हामी नेपाली देशभक्त, क्रान्तिकारी–लोकतन्त्रवादी, वामपंथी शक्ति र जनसमुदायलाई राष्ट्रिय स्वाधीनताका लागि सचेत रहन र संयुक्त मोर्चा निर्माणका लागि अघि बढ्न समेत आह्वान गर्दछौं ।
प्रतिक्रिया