भारतका दश केन्द्रीय ट्रेड युनियन, स्वतन्त्र क्षेत्रीय महासंघ र संघहरूको संयुक्त मञ्चले आज (बिहीबार, १२ फेब्रुअरी) राष्ट्रव्यापी आम हडताल अर्थात् ‘भारत बन्द’ आह्वान गरेको छ।संयुक्त किसान मोर्चा (एसकेएम) ले पनि हडताललाई समर्थन गर्दै यसमा सामेल हुने बताएको छ।
समाचार एजेन्सीहरू एएनआई र पीटीआईले देशभरका केही सहरबाट भारत बन्दका भिडिओरतस्बिर सार्वजनिक गरेका छन्।यसैबिच भारतको लोकसभामा विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले पनि भारत बन्दलाई समर्थन गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज देशभरका लाखौँ कामदार र किसान आफ्नो अधिकारका लागि आवाज उठाउन सडकमा छन्। कामदारहरूलाई डर छ-चार श्रम संहिताहरूले उनीहरूको अधिकारलाई कमजोर बनाउनेछन्।’
उनले अगाडि भनेका छन्, ‘किसानहरूलाई डर छ- व्यापार सम्झौताले उनीहरूको जीविकोपार्जनलाई हानि पुर्याउनेछ र मनरेगालाई कमजोर पार्नु वा हटाउनुले गाउँहरूबाट उनीहरूको जीविकोपार्जनको अन्तिम स्रोत खोस्न सक्छ।’राहुल गान्धीले हडताललाई समर्थन गर्दै किसानहरूको मुद्दा र उनीहरूको संघर्षमा आफू दृढतापूर्वक उभिएको बताएका छन्।
प्रतिक्रिया