देशभरी मसाल जुलुश सानदाररुपमा सम्पन्न दर्जनौ नेता कार्यकर्ता गिरफ्तार भोली काठमाण्डौ उपत्यका वन्द

वहिष्कारका कारण निर्वाचन नहुने सम्भावना प्रवल हुदै

bimbonline बिम्ब अनलाइन
२०८२ पुष २८ २१:०८ बजे

काठमाण्डौ।  आगामी फाल्गुन २१ गते हुन गइरहेको सँसदीय निर्वाचनको वहिष्कार गर्दै आएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सहित ६ पार्टीले आज देशभरिका  अधिकाँश जिल्लामा मसाल जुलुस सानदार रुपमा सम्पन्न गरेको जनाएका छन।

मसाल जुलुसको क्रममा काठमाण्डौ वाट पार्टीका पिविएम दिनेश शर्मा रामवहादुर वुढा गँगा पौडेल सिसिएम मनु विक सहित  दर्जनौ  नेता कार्यकर्ताहरु लाई प्रहरीले पक्राउ गरेको  सो पार्टीले जनाएको छ।

काठमाण्डौको ७ स्थान भक्तपुर ललितपुर पोखरा नेपालगञ्ज वर्दिया धनगढी अत्तरियाको स्याउले वजार  कञ्चनपुरको महेन्द्रनगर वुटवल नवलपुर चितवन लगायत देशभरीमा  आज मसाल जुलुस सानदार रुपमा सम्पन्न भएको खवर आउने क्रम जारी रहेका छन।

भोली काठमाण्डौ उपत्यका वन्दको घोषणा  सो पार्टीले गरेको छ। भोली विहानै देखि उपत्यकामा आउने जाने उपत्यका भित्र चल्ने  सवै यातायताका सवारी साधन  अफिस वजार कलकारखाना वन्द रहने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पिविएम चिन्तामणि पौडेलले वताएका छन।

क्रान्तिकारी पार्टीहरुले निर्वाचन वहिष्कार गरिरहेको अवस्थामा अव निर्वाचन नै नहुने होकी भन्ने प्रवल आशँका  जनताले गरिरहेका छन।


२०८२ पुष २८ २१:०८ बजे

प्रतिक्रिया