काठमाडौँ । जेन्जी विद्रोहपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले घोषणा गरेको फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनलाई ६ वामपन्थी पार्टीहरूले बहिष्कार गर्ने भएका छन् ।
६ वटा वामपन्थी पार्टीहरूले २०८२ पौष १८ गते संयुक्त विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएका हुन् । ६ वटा वामपन्थी पार्टीको संयुक्त केन्द्रीय संघर्ष समिति गठन गर्ने निर्णय गरिएको सार्वजनिक गर्दछौं ।यि पार्टीहरुले तिनवटा माग पुरा गर्नुपर्ने यथास्थितिमा चुनाव वहिष्कार गर्ने वताएका छन।
६ वटा पार्टीका ३ वटा मागहरुमा विद्यमान जनविरोधी, अलोकतान्त्रिक कठपुतली सुशिला सरकार बर्खास्त गरी स्वाधीन संयुक्त जनसरकार र जनसविधानका लागि संयुक्त संघर्ष अघि बढाउने , स्वाधीन संयुक्त जनसरकार र जन संविधान सुनिश्चित नगरी यथास्थितिमा हुने जनविरोधी चुनावको बहिष्कार गर्न आम जनतामा अपिल गर्ने । सार्वभौम राष्ट्रिय स्वाधीनताको रक्षा तथा अग्रगामी राष्ट्रिय निकासका लागि सम्पूर्ण देशभक्त र लोकतान्त्रिक शक्तिहरूमा संयुक्त संघर्षको लहर सृष्टि गर्न आन्दोलनमा सामेल हुन हार्दिक अपिल गरेका छन।
निर्वाचनलाई बहिष्कार गर्नका लागि जनतालाई आह्वान गर्दै संयुक्त विज्ञप्तिमा सीपी गजुरेल महासचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, धर्मेन्द्र बास्तोला कञ्चन महासचिव ,नेकपा बहुमत, आहुति महासचिव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, महिन्द्र मल्ल अध्यक्ष, नेकपा जनपक्ष, ऋषिराम कट्टेल अध्यक्ष ,नेपाल कम्युनिष्ट पार्टी र पूर्णबहादुर सिंह समरजंग महासचिव, समाजवादी कम्युनिस्ट पार्टी नेपालले विज्ञप्तिमा हस्ताक्षर गर्नु भएको छ । संयुक्त विज्ञप्ति यस प्रकार छ -
प्रतिक्रिया