हाम्रो समस्या धनीलाई धनी र गरीबलाई कंगाल बनाउने भ्रष्ट बित्तपुंजिवाद हो। जस्ले औधोगिकरण गर्दै बस्तु रोजगार उत्पादन गर्ने अर्थतन्त्रको हत्या गर्छ। अहिले देशको यसैको चंगुलमा छ। अहिले अर्थतन्त्र नियोलिबरल डिइन्ड्र्स्टीलाइजेसन, उत्पादनको भुराजनितिक चंगुल र श्रम पलाएन गर्ने रेमिटेन्सका तीन चंगुलको शिका बनेको छ। यी चंगुलको निदान गर्ने बिचार नै परीवर्तनको राजनिक कम्पास हो।
सिद्धान्त बिनाको राजनीति घोडा र गधाको सन्तान खच्चड जस्तै हो। एक जुनि भारी बोक्ला तर सन्तान जन्माउंदैन। यो बाझों जन्तु हो। दर्शनले सिद्धान्तको मार्गनिर्देशन गर्दछ र सिद्धान्तले व्यबहारलाई निर्देशित गर्ने बिचारको मार्गनिर्देशन गर्दछ। सिद्धान्तले समाजमा आँखा गाडेर समस्याको पहिचान गर्न मद्दत गर्दछ। समाजका समस्या समानताका कारणका रुपमा रहेका हुन्छ्न ।असमानताले बर्गको निर्माण गरेको हुन्छ। यो बर्गविभाजनलाई संवोधन गर्नु नै समाजको परीवर्तन हो।
यसको लागि राजनीतिक हस्तक्षेप चाहिन्छ, र त्यो राजनीतिलाई बिचारको कम्पास चाहिन्छ। यसअर्थमा, बिचार राजनीतिको कम्पास हो। अतः कसैले बिचारबिनाको भिडको आक्रोश र बिरोधलाई नै राजनीति ठान्यो भने त्यो बिध्वंशको जननी हुनेछ। आज देशले खोजिरहेको राजनीतिक परिवर्तनको लागि एउटा कार्यमुलक (प्र्यागमेटिक) कम्पास हो। तर म अनिस्टको आंशका गर्न बाध्य छु, किनकि कतै बिचारको बहस छैन, निशेध, प्रतिशेध र कसैलाई हराउने गठबन्धनका योजनामात्र छ्न। यो देशलाई बौद्धिकहरुको बेइमानीले घात गरेको छ। आज उनीहरुको दौडधुप छ। कोहि अझ ठग्ने दाउमा मन्च परिवर्तन गर्दैछ्न र कोहि बदलालिन मन्च परीवर्तन गर्दैछ्न। बेइमान ब्यापारीहरुले हिजोका सत्तासीनबाट नितिगत भ्रस्टाचार गरेर आफूले अकुत धन कमाए, आज अर्कोपट्टी सरेर धनको रक्षा गर्न लालयित छ्न। किन नेपालमा बिचारको राजनीति बांचेन? र, अब कस्तो बिचारले मात्र देश बन्न सक्छ? यी प्रश्नको उत्तर नखोजे सम्म देशले संकटबाट निकास पांउदैन।
नेपालमा मार्क्सवाद लेनिनवाद एकातिर जडवाद र अर्कोतिर बिसर्जनवादको रोगले असफल भयो। यो समाजको परीवर्तन गर्न असफल भयो। यसले नेपाली समाजको बर्गिय समस्याको पहिचान गर्न सकेन, र निदान पनि दिन सकेन। यो सिद्धान्त नेपाली राजनीतिको कम्पास हुन सकेन। आज थुप्रै साइनबोर्डहरु छ्न, तर तिनका पछाडि भ्रमका फुलपार्ने माकुराको बथान छ।
पश्चिमी उदारवादको त कन्तविजोग छ। युरोपमा कुलिनहरुले राजतन्त्र माथी अधीन स्थापित गर्न उदारवाद अगाडी ल्याएका थिए। राजतन्त्र माथी बिजय प्राप्त गर्न किसान र कामदार बर्गको सहयोग आवस्यक थियो। अतः उनिहरुले यस बर्गलाई कमन र सर्वसाधारणु नामाकरण गर्दै निर्वाचनमा मतदान गर्ने र प्रतिनिधि छनौट हुने स्वतन्त्रता (लिबर्टी) दिए। तर, धनमाथी कुलिनहरुको एकलौटी हक स्थापित गर्दै स्वतन्त्रता सबैको त धन चैं धनीको भन्ने मान्यता स्थापित गरे। (वेल्थ अफ नेसन पढनु भएकै होला)।
सन १९८० दसकमा केन्सिनियन सामाजिक उदारवादको अन्त गर्दै थ्याचर-रेगानवादले नवउदारवादको फोहोरी अहाल निर्माण गर्यो, र परम्परागत उदारवादलाइ असफल घोषित गर्यो। त्यसपछि नेपाली कांग्रेसको साइनबोर्ड पनि धुलोभित्र पुरियो।
के हो त नेपाली समाजलाइ उद्धार गर्ने समसामयिक बिचार? यो एउटा गंभिर प्रश्न हो जसका बारेमा कम्युनिस्ट, कांग्रेस भनिने पुराना र अहिले नंया नामधारी अनेक नामका सत्ताआंकांक्षीहरु सोच्न तयार छैनन। अर्थात नेपाली राजनीति कम्पासहिन जहाज भएको छ, यो कता जांदैछ पाइलटलाई थाह नै छैन। यस्तो जहाज तेल सकिएर खस्छ, हावामै हराएर। तर दुर्भाग्य यस जहाजका यात्रु (नेपाली नागरिक) सबै जहाजभित्र मोबाइलमा मस्त छ्न। कम्पासको बारेमा सोच्नु आवस्यक छ, तर पहिला कताजाने दिशा निर्धारण गर्न समाजका समस्याहरु खोतल्नु पर्छ।
क- देशको ढुकुटीमा अथाह पैसा छ। देशलाइ तत्काल औद्योगिकरण गर्न पुग्छ। बिदेशी सहायता चाहिन्न। रास्ट्र बैंक संङ्ग करीब २६ खर्व र बाणिज्य बैंकहरू संङ्ग करीब ६५ खर्व पुंजी छ। बर्सेनि करीब २५ खर्ब रेमिटेन्स बिदेशबाट आइरहेको छ। तर, यो यत्रो पुंजिको पुंजीकरणको नीति नै छैन। त्यसैले देश औधोगिकरणको चंगुल ((Trape)) मा छ। उद्धोगमा लगानी छैन अत रोजगार उत्पादन हुंदैन र निर्यात गर्ने बस्तुपनी छैन। औद्योगिकरण हुन नदिएर, आयातमा भान्सार लगाइ मोज गर्ने र बिचौलिया पाल्ने बित्त पुंजीवादको चंगुल समाप्त गर्ने बिचार र कार्यक्रम के हो त ? यो बिचार अहिले युद्धरत नंया र पुराना कसै संङ्ग छैन। उनीहरुको लंडाइ त कुर्सी खोस्ने लंडाइमात्र हो।अत यो निर्वाचन र नंया पुरानाको बहस पनि सत्तामा पुगेर मोज गर्ने निहित योजनानै हो। तर मानिस बुज्दै नबुझी बांसघारीका रुप्पी जस्तै भ्रान्तीका पछाडी पछाडी कुदिरहेका छ्न, र कथीत बौद्धिक बकुल्लो झै आउँछ अनि खान्छु भनी डिलमा कुरीरहेका छ्न।
ख- दोस्रो समस्या रेमिटेन्सको चंगुल हो। जति बढी श्रम निर्यात गर्यो त्यती नै बढी रेमिटेन्स आउँछ र जति बढी सटही मुद्रा आउँछ उतिनै बढी आयात हुन्छ, र जति बढि आयात हुन्छ उतिनै बढी भन्सार आंउछ। जति बढी भान्सार आउँछ उतिनै बढी भ्रस्टाचार गर्न पाइन्छ। तर औधोगिकरणले त काम उत्पादन गर्छ, भ्रस्टाचार गर्ने रकम उत्पादन गर्दैन। यो चंगुलले औद्योगिकरण हुनै दिंदैन। अहिले नेपाली जनसंख्या युवा छ, र देश बनाउने शक्ति यहि नै हो। अबका १५ बर्षमा नेपाली जनसंख्या बूढो हुन्छ। जन्मदर घटेको छ र पलायन तिव्र छ। अत रेमिटेन्स चंगुलले रास्ट्रनै बिसर्जन गर्न सक्ने खतरा बोकेको छ।
ग- तेस्रो चंगुल भुराजनितीू हो। भारतलाई चीन संङ्ग १०९ बिलियन यु एस डलर (करीब १२० नेपाली खर्ब)को ब्यापार गर्दा चीनबाट असुरक्षा हुंदैन। तर चिनियाँ लगानीबाट नेपालमा उत्पादित बिजुलि किन्दा असुरक्षा हुन्छ। यो बिगत ३७ बर्ष पुराना राजनीति दलको परराष्ट्र नितिको असफलता हो। तर नयाँ त चीनको उपस्थितिनै बन्द गर्ने नितिमा छन। यो चंगुलले कहाँ पुर्याउने हो थाह छैन।
यी तिनवटा चंगुल (ट्रयाप) हाम्रा समस्या हुन, जस्ले अरु सबै समस्या निर्माण गरेका छ्न। यी समस्या संबोधन गर्ने उपाएको रचना गर्ने बिचार के हो? मैले माथी नै भने यान्त्रिक र अपभ्रंसित समाजवाद र पश्चिमी उदारवाद दुबै असफल भए। अतः नंया बिचार, दर्शन र सिद्धान्तको खोजी बिना नेपाल अगाडी जान सक्दैन। कथित लोकतन्त्रको तेस्रो धारपनि असफल भयो। अतः अबको धार नव उपनिवेशवाद र वैस्विक एकाधिकारवादका विरुद्ध मौलिक सभ्यता र संस्कृतिमा आधारित नागरिक सर्बोच्चताको मुलधार निर्माण गर्नु हो, जस्ले बिज्ञान र बोधलाइ एकीकृत गर्छ।
अहिले नेपाली अर्थतन्त्र पुंजीकरण बिहिन पानीफोका अर्थतन्त्रको अवान्छित माफियातन्त्रमा सिमित छ। यो थारो गाई झै मोटाएको छ तर ब्यांउदैन र दूध दिंदैन। यो संङ्ग रोजगार उत्पादन गर्ने क्षमता छैन, किनकि यो औद्योगिकरणको पक्षमा नै छैन। नवउदारवादको बन्दी बनेको यो अर्थतन्त्रले धनी तथा ब्यापारी र भ्रष्ट राजनीतिक नेताहरूकोू गठबन्धन निर्माण गर्दछ। यो भ्रष्ट विस्वपुंजीवादको खेल अनुरुप नै नेपाली अर्थतन्त्र पनि थारो गाई बनाइएको छ।
अनुसन्धान प्रतिवेदनहरुले जनाए अनुसार अहिले बिस्वमा १०% जनसंख्याले ७५% धनमा नियन्त्रण गरेको छ। बिश्व जनसंख्याको ५०% संङ्ग मात्रै २% धन छ। भारतमा १% जंनसंख्या संङ्ग ७५% सम्पत्ति छ। नेपालमा १०० ब्यापारी, १००० नेता, ५००० कर्मचारी, र केही सामन्त कुलिनले रास्ट्रीय पुंजिको ९०% मा कब्जा गरेका छ्न।राज्यको बागडोरलिन तम्सीएको लोकपृयतावादी, सेलीब्रेटी, तथा कलाकारहरु कसरी संबोधन गर्नुहुन्छ यो समानता? के हो यो असमानता निदान गर्ने बिचार ? भ्रष्ट ब्यापारीहरु देशभक्त ब्यवशायीहरु मास्दै हिजो पुरानालाइ पैसा दिएर नितिगत भ्रष्टाचारमा संलग्न भए र आज नंयालाइ पैसा दिएर नितिगत भ्रष्टाचारको तयारी गर्दैछ्न। किन मरे होनहार नव युवा (जेन्जी) आन्दोलनमा? यिनिहरुकै मोजका लागि हो? उनीहरु जो मरे धनी थिएनन, सेलिब्रेटीका सन्तान पनि थिएनन। उनिहरु रोजगारका लागि लडेका थिए। त्यसैले म भन्ने गर्छु, २३ गते सडकमा जीवनको खोजी गर्न आएका जेन्जीको आन्दोलन भ्रष्ट बित्तवादी अर्थतन्त्रका विरुद्धमा थियो जस्लाइ पुरनो सत्ताले दबायो, आज नंया सत्ता बन्न चाहने तेस्का कांधमा बसेर हुंकार गर्दैछ। तर आज उनीहरुको मृत्युमा राजनीतिमाथि फेरी कुलीन बर्गले अधीन जंमाउंदै छ।
अतः आजको प्रस्न कसरी भुंइ नागरिकको सर्बोच्चता स्थापित गर्ने भन्ने हो। कसको सरकार होइन। लोकतन्त्र कुलिनको राजनीतिक अस्त्र हो। कुलिनहरुको बर्चस्व रहेका दलको लोकतन्त्र (दलतन्त्र)हो। नागरिक सर्बोच्चताको राजनीतिक प्रणाली (नागरिकतन्त्र) हो। सामाजिक समतावादको निर्माण नगरी मौलिक समाजवादको निर्माण हुन सक्दैन। मौलिक समाजवादले मौलिक सभ्यतामा आफ्नो जग निर्माण गर्छ। मौलिक सभ्यता मौलिक दर्शनमा खडा भएको हुन्छ। हाम्रो मौलिक दर्शन वैदिक सनातन, बौद्ध र मुन्धुम बोधमा खडा भएको छ।
अतः बिज्ञान र मौलिक दर्शनमा आधारित सामाजिक नागरिकतन्त्र हाम्रो सिद्धान्त हो। नागरिक सर्बोच्चता हाम्रो बिचार हो। नागरिक सर्बोच्चताले ग्रामीण अर्थतन्त्रको बिकास द्वारा उत्पादनमुलक स्वनिर्भरताको वकालत गर्छ। दिसान्तर यंहीबाट शुरु हुन्छ।
प्रतिक्रिया