आगामी ५ वर्षसम्म क्षेप्यास्त्र विकास जारी राख्ने उत्तर कोरियाका नेता किम जोङ उनको संकेत

bimbonline बिम्ब अनलाइन
२०८२ पुष ११ १३:४१ बजे

काठमाडौँ। उत्तर कोरियाली नेता किम जोङ उनले आगामी पाँच वर्षसम्म क्षेप्यास्त्र विकास जारी राख्ने संकेत गरेका छन् ।२०२५ को अन्तिम त्रैमासिकमा प्रमुख हतियार उद्यमहरूको भ्रमणका क्रममा उनले हतियार उद्यमहरूको आधुनिकीकरणमा जोड दिएको राज्य सञ्चारमाध्यम केसीएनएले शुक्रबार जनाएको छ ।

केसीएनएका अनुसार किमले भने, ‘युद्ध निवारक क्षमता बढाउन देशको क्षेप्यास्त्र र गोला उत्पादन क्षेत्र अत्यन्त महत्त्वपूर्ण छ ।’किमले २०२६ को सुरुवातमा हुने पार्टी कंग्रेसमा पेश गर्नका लागि प्रमुख हतियार उद्यमहरूको आधुनिकीकरणका लागि मस्यौदा कागजातलाई अनुमोदन गरेको केसीएनएले जनाएको छ । यसले आगामी पाँच वर्षको लागि उत्तर कोरियाको विकास योजना तय गर्ने बताइएको छ ।

केसीएनएको प्रतिवेदनअनुसार बिहीबार किमले आफ्नी छोरी सम्भावित उत्तराधिकारीसँग ८,७०० टनको आणविक शक्ति भएको पनडुब्बीको निर्माण र लामो दूरीको सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र परीक्षणको निरीक्षण गरेका थिए ।



२०८२ पुष ११ १३:४१ बजे

प्रतिक्रिया