डडेल्धुरामा भ्रष्टाचार विरुध्दको अभियान सञ्चालन हुने

bimbonline बिम्ब अनलाइन
२०८२ भदौ १२ १४:५५ बजे

डडेल्धुरा। क्रान्तिकारी कम्युनिष्ट पार्टी डडेल्धुरा जिल्ला समितिको हिजो वसेको वैठकले जिल्ला भरीका भ्रष्टाचारीहरु लाई कार्वाहि गर्ने प्रयोजनका लागी   पहिलो चरणमा नाम सँकलन गरी छानविन गर्ने  वताएका छन।भ्रष्टाचार विरुध्द जिल्ला भरी प्रचारात्मक निरोधात्मक तथा निषेधात्मक कार्वाहिहरु सञ्चालन गर्ने कुरा जिल्ला इञ्चार्ज लालकिरणले विम्व अनलाइन  लाई वताएका छन।

हिजोको वैठकले जिल्ला सचिव धनवहादुर वोहराले आफ्नो घरायसी समस्याका कारण दिएको राजिनामा स्वाकृत गरी जिल्ला सचिवको जिम्मेवारीमा रामवहादुर धामी विजय लाई तोकेको छ। वैठकमा १ न. व्युरोको ईञ्चार्ज शिखर र व्युरो सेक्रेटी विक्रान्तको पनि उपस्थिति रहेको सचिव विजयले वताएका छन।


२०८२ भदौ १२ १४:५५ बजे

प्रतिक्रिया