वीरगञ्जमा हैजा सङ्क्रमण

bimbonline बिम्ब अनलाइन
२०८२ भदौ ११ १०:३४ बजे

पर्सा । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताएका छन् ।

केही समय अघि मात्रै जिम्मेवारीमा आएका सुवेदीले आज यहाँ पत्रकारसँग भेटघाटमा हैजा सङ्क्रमणसँग जुँधेर काम गर्नुपर्नेमा जोड दिए । “हामी निकै संवेदनशील भएर हैजा सङ्क्रमण रोकथाम र नियन्त्रणमा लागेका छौँ”, उनले भने, “अहिलेसम्म  यहाँ देखिएको हैजा नियन्त्रण गर्न सक्ने अवस्थामै छ ।”

प्रजिअ सुवेदीले हाल हैजाका बिरामीहरूको उपचारात्मक र सचेतना मुलुक दुवै खालका गतिविधि सञ्चालन गदै आइरहेको बताए। उनले भने, “हैजा सङ्क्रमित बिरामी अस्पताल अस्पतालबाट निको भएर घर फर्किने क्रम बढिरहेको छ । सबै मिलेर हैजाको रोकथाम र नियन्त्रणका लागि हातेमालो गर्न जरुरी छ ।”



२०८२ भदौ ११ १०:३४ बजे

प्रतिक्रिया